राष्ट्रपतिद्धारा मेलम्ची खानेपानी बितरणको आज औपचारिक उद्घाटन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  484 पटक हेरिएको

काठमाडौं, चैत २० ।  

मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उदघाटन शुक्रबार गरिँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट पानी वितरणको औपचारिक उदघाटन गर्न लागेकी हुन् । भृकुटीमण्डपमा नवनिर्मित धारा खोलेर मेलम्चीको पानी वितरणको उदघाटन गर्ने कार्यक्रम रहेको छ । मेलम्चीको पानी वितरण समारोह दिउँसो दुई बजे राखिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने छन् । मेलम्चीको पानी काठमाडौं उपत्यकामा यही चैत १५ गतेबाट परीक्षणका रुपमा वितरण गर्न थालिएको थियो । भृकुटीमण्डपमा बनाइएको सार्वजनिक धारोमा चौबीसै घण्टा पानी आउने व्यवस्था गरिएको छ । आज उक्त धारो खोलेर मेलम्ची खानेपानी उपत्यकाबासीलाई औपचारिक रुपमा बितरण गरिने भएको हो ।

मेलम्ची खानेपानी आएपछि काठमाण्डौँबासी भने खुसी भएको छ भने कतिले आश्र्चय ब्यक्त गरेका छन । बषैँ देखिको मेलम्ची खानेपानी आयोजना किताबमा मात्र सिमित हुने होकि भन्ने चिन्ता ब्यक्त गर्दै आएका बासिन्दा मेलम्ची कै पानी खान पाउदाँ भने दंग देखिएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार