काठमाडौं, चैत्र १९ ।
नेकपा एमालेले सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि कारबाही गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनीहरु दुवै नेतालाई ६ महिना निलम्बन गरिएको जनाएको छ । दुवै नेताले यसअघि स्पष्टीकरण बुझाएका थिए । ओलीले तीनदिनभित्र पुनः स्पष्टीकरण दिन भने पनि उनीहरुले बुझाएका थिएनन् ।
पछि फेरि स्पष्टीकरण सोधेपछि उनीहरुले नबुझाएको र नेकपा एमालेको बिधान उल्लघन गरेको पार्टीको सदस्यबाट ६ महिनाको लागि निलम्बन गरिएको जनाएको छ । यस भन्दा अघि बरिष्ठ नेता माधब नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाको लागि निलम्बन गरिएको थियो । नेकपा एमाले वलि समुह कडा रुपमा प्रस्तुत हुन थालेपछि नेपाल समुह त्यसको बिरुद्ध डेर सामना गर्ने निर्णयसँगै जिल्लाभर समानान्तर कमिटि गठन गर्ने ओलिको तानाशाही प्रबृद्धिलाई प्रराष्त गर्ने निर्णयमा पुगेको छ ।
स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो त्रुटि स्वीकार नगरेको, कुनै आत्मसमीक्षा नगरेको, आत्मालोचना गर्ने प्रवृत्ति नदेखिएको, अहंकार र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखिएको पनि ओलीले उल्लेख गरेका छन् ।
पत्रमा ओलीले भनेका छन्, ‘आपराधिक क्रियाकलापहरु स्वीकार्ने, भूल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिका लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलापहरुप्रति प्रायश्चित गर्ने अवसरलाई गम्भीरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टीकरण सोध्नेजस्तो अनधिकृत र हाँस्यास्पद कार्य गरेको देखियो ।’
अध्यक्ष ओलीले नेता पाण्डेलाई पठाएको पत्रहेर्नुहोस् ।