कोरोना भाईरसको संक्रमणबाट विश्व प्रख्यात वैज्ञानिक प्राध्यापक रामजीको मृत्यु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  835 पटक हेरिएको

vision-online-advertise

अफ्रिका, चैत १९ । 

चीनको बुहानबाट बिश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गिता रामजीको मृत्यु भएको छ । बीबीसीले उल्लेख्य गरे अनुसार मंगलबार उनको मृत्यु भएको हो । प्राध्यापक रामजी हालै बेलायतबाट घर फर्केकी थिइन् । घर फर्केपछि उनी निमोनियाको कारण क्वाजुलु–नाटाल प्रान्तस्थित अस्पतालमा भर्ना भएकी थिइन् ।

अस्पताल भर्ना भएकी रामजीको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । निमोनिया र कोरोना भाईरसको संक्रमण एकै पठक देखिएपछी उपचारको क्रममा निजको निधन भएको हो । उनले दक्षिण अफ्रिकामा एचआईभी संक्रमण रोक्ने उपायको खोजीमा ध्यान केन्द्रित गर्दै आएकी थिइन् । साथै उनले क्षयरोग (टीबी) रोकथामका लागि पनि काम गरेकी थिइन् । जसबाट उनले विश्वभर ख्याती कमाएकी थिइन् ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार