काठमाडौं, चैत १७ ।
जापानको टोकियोमा यसै वर्ष हुने भनिएको ओलम्पिक २०२० खेलकुद प्रतियोगिता कोरोना भाईरस(कोभिड-१९)को महामारीका कारण एक वर्ष पछि सरेको छ । चीनको वुहानबाट बिश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाईरसले बिश्वलाई त्रसित बनाईरहेको र हजारौको संख्यामा मानिसहरूको ज्यान लिईरहेको अबस्थामा जापानमा पनि संक्रमितको संख्या दिनप्रति दिन तिब्र रूपमा फैलिएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र जापानले अब सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म ओलम्पिक खेलकुद सञ्चालन गर्ने निर्णय गरेको जापानी समाचार संस्था क्योदोले जनाएको छ ।
यसै वर्ष तय भएको ओलम्पिक विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको थियो । ओलम्पिकको एक सय २४ वर्षको इतिहासमा पहिलो पटक ओलम्पिक खेलकुद तोकिएको मितिभन्दा पछि सारिएको हो । जापानमा हालसम्म नोबेल कोरोना भाईरसको संक्रमितको संख्या २५७८ र हालसम्म मर्नेको संख्या ६५ पुगेको छ ।