जापानका चर्चित हास्यकलाकार केन शिमुराको कोरोना सङ्क्रमणबाट निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  957 पटक हेरिएको

vision-online-advertise

जापान, चैत १७ ।

कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमित भएका जापानका कमेडियन केन शिमुराको निधन भएको छ । मार्च १७ तारिकको दिनबाट शरिर सिथिल हुने, थकित हुने जस्ता लक्षण देखिए पछि अस्पताल भर्ना भएका शिमुरामामा अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएका शिमुरामामा केहि दिन पछि ज्वरो र श्वासप्रश्वासमा समेत समस्या देख्न थालेपछि कोरोना परिक्षण गरिएको र रिपोर्टमा कोरोना पोजेटिभ देखिएको जापान संचारमाध्यमले जनाएको छ ।

७० वर्षीय शिमुरामा गएको मार्च २३ तारिख कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । उनी कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो जापानी हास्य कलाकार हुन ।

उनी सन् १९७० को दशकदेखि जापनका चर्चित र उत्कृष्ट कमेडियनका रुपमा परिचित थिए । उनले स्ल्यापस्टिक ९अस्वभाविक शारीरिक गतिविधि० कमेडियनका रुपमा परिचय बनाएका थिए । कलाकार शिमुरामालाई पहिले निमोनिया भएको थियो ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार