म्यानमार, चैत्र १६ ।
म्यानमारलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पमा परि हालसम्म एक हजार भन्दा बढीको ज्यानको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । हिजो शुक्रबार आएको ७.७ रेक्टरस्केलको भूकम्पले म्यानमार, बैंकक, भारत र चिनमा ब्यापक प्रभाबित बनाएका छन । जम्मा आठ सेकेन्डको भूकम्पले म्यानमार र थाईल्याण्डमा बढि प्रभाब पारेको छ । थाईल्याण्डमा निर्माणाधिन गगनचुम्बि भवन उक्त भूकम्पले क्षतिग्रस्त बनाएको थियो । उक्त भवनमा सयौँ कामदारहरु भवन निर्माण काममा तल्लिन रहेको स्थानीयले जनाएको छ भने अधिकांशको भग्नावशेषमा परि निधन भएको जनाएको छ ।
हालसम्म पनि उक्त भवनमा फसेको र निधन भएका ब्यक्तिहरुको रेस्क्यु कार्य जारी रहेको र भग्नावशेषको मलवा हटाउन समय लाग्ने जनाएको छ । थाईल्याण्डको बैंककमा निर्माणाधिन ३३ तल्लाका भवन हेर्दाहेदै भग्नावशेषमा परिणत भएका थिए । उक्त भवनको क्षतिग्रस्त स्थानमा जिवित उद्धार गर्न असम्भव रहेको थाईल्याण्डका स्थानीयबासिन्दा लगायत सरकारी निकायका कर्मचारीहरुले जनाएको छ । दिनको ११ः५० मा आएको बिनाशकारी ७.७ रेक्टरस्केलको भूकम्पका कारण हजारौँ मानिसहरु अपार्टमेण्ट छाडेर टेण्टमा पुगेका छन भने हाताहात हुनेको संख्या पनि धेरै रहेको जनाएको छ ।
शुक्रबार आएको ७.७ रेक्टरस्केलको भूकम्पले सबैभन्दा बढि म्यानमार र थाईल्याण्डको बैंककमा क्षति पुर्याएको छ । शुक्रबारको भूकम्पले २०१५ मा नेपालमा आएको भूकम्पको झल्को दिने गरि क्षति पुर्याएको छ । नेपालमा आएको २०१५ को भूकम्पले पनि कयौँ नेपालीको ज्यान लिएको थियो भने ८ लाखको हाराहारीमा निजि आवासमा क्षति पुर्याएको थियो । त्यस्तै क्षति म्यानमार र बैंककको पनि देखिएको छ । हाल म्यानमार र बैंककमा युद्धस्तरमा उद्धार कार्य भईरहेको र हालसम्म बैंककमा मात्र एक हजारको संख्यामा निधन भईसकेको जनाएको छ भने म्यानमारमा पनि एक हजार भन्दा बढिको ज्यान गईसकेको र २३७६ ब्यक्ति घाईते भएको जनाएको छ ।
भूकम्पका कारण होटलको छतमा निर्माण भएको स्वीमिङ्गपुलको तिव्रताका साथ तल छरेका थिए भने स्वीमिङ्ग गर्दै गरेका ब्यक्तिहरु समेत घाईते भएको जनाएको छ । शुक्रबारको शक्तिशालि भूकम्पका कारण म्यानमार र थाईल्याण्ड बैंककका शहरहरु क्षतबिक्षेत भएका छन भने सडकहरु भूकम्पका कारण भासिँएका र फाँटेका छन । भूकम्पका कारण सपिङ्गसेन्टरमा लिफ्टमा फसेका ब्यक्तिहरुको पनि उद्धार गरिएको जनाएको छ ।