अत्यावश्यक पीपीई लगायत स्वास्थ्य सामाग्री लिएर नेपाल एयरलायन्सको जहाज काठमाण्डौँ आईपुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  907 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, चैत १६ ।

कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि अत्यावश्यक मेडिकल सामग्रीहरु लिएर नेपाल एयरलाइन्सको वाईडबडीजहाज काठमाडौं आइपुगेको छ । बिश्व कोरोना भाईरसको संक्रमणबाट ग्रस्त रहेको अबस्थामा नेपालमा पनि कोरोना संक्रमण बढ्दै जाँदा सो को नियन्त्रण तथा उपचारको लागि आवश्यक स्वास्थ्य सामाग्री लिन हिजो नेपाल एयरलायन्सको जहाज चीनको ग्वाङ्झाओ गएका थिए ।

नेपाल एयरलाइन्सका अनुसार चीन गएको जहाज आइतबार बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई लगायतका सामग्री लिएर वाइडबडी जहाज काठमाडौं आएको एयरलाइन्सले जनाएको छ ।

यसैबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सिचुआन प्रान्त सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले चन्दा दिएका आपतकालीन सामाग्रीहरू, पीपीई, थर्मोमिटरलगायत सामान बोकेर चिनियाँ जहाज पनि चीनबाट काठमाडौं प्रस्थान गरेको जानकारी दिएकी छन् ।

सोही जहाजमा चीनको ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले सहयोग गरेका मास्क लगायतका महामारी रोकथाम सामग्रीको पहिलो खेप पनि आउँदैछ । स्वास्थ्य परीक्षणका किट पनि नेपाल ल्याउने तयारी भइरहेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार