काठमाडौं, चैत १५ ।
बागलुङकी एक युवतीमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको छ योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५ पुगेको छ । बेल्जियमबाट नेपाल आएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
अहिलेसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेको सँख्या ५ पुगे पनि १ जना निको भएर घर फर्किसकेको छन् भने दुइजनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । अरु दुई जना उपत्यका बाहिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा देखिएको कोरोना संक्रमण प्रारम्भिक चरण नै भएकोले संक्रमितको अबस्था गम्भीर नरहेको देखिन्छ ।