काठमाडौं, चैत १५।
तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना फोटो पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको एभिन्युजकमीले जनाएको हो । आजको प्रदशनमा अका प्रदर्शनकारीलाइ प्रहरीले चलाएको गोलिलागि उपचारका क्रममा निधन भएका छन । अका निधन भएका प्रदर्शनकारी भने २८ बषिय किर्तिपुर निवासी रहेको जनाएको छ ।
राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी र तोडफोड भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए । एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले भने, ‘रिपोर्टिङमा गएको साथी सम्पर्कविहीन हुनुहुन्छ । अस्पतालतिर पनि भएको जानकारी छैन ।’एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको बताएका छन ।
अहिले घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार पुगेका छन् । उनले आफ्ना सहकमीलाइ बचाउन नसकेको बताएका छन । आज भएको राजाबादीहरुको प्रदर्शन उग्र बनेको थियो । उक्त आन्दोलन उग्र भएपछि प्रहरीले नियन्त्रणको लागि असुलग्यास प्रयोग गरेका थिए भने आन्दोलनकारी झन उग्र भनेका थिए । प्रदर्शनमा दुगा प्रसाइको प्रबेशसँग प्रदर्शन नियन्त्रण बाहिर गएका थिए र प्रदर्शनकारीहले घरमा आगजनी गरका थिए उक्त आगजनीम परि संचारकमीकोजलेर निधन भएको हो ।
सम्बन्धित समाचारयो पनि पढ्नुहोस ।