जापान, चैत्र १५ ।
युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१’ को उपाधि चुमेका छन् । जापानको टोकियो शहरमा आइतबार सम्पन्न महोत्सवमा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जित दिलाएका हुन् । विश्वका चर्चित बक्सरलाई मात्र सो महोत्सवमा खेलाइने गरिन्छ ।
हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरल कम उमेरका प्रतियोगिता हात पार्ने पहिलो नेपाली युवा खेलाडी बन्ने सौभाग्यसमेत प्राप्त गरेका छन् । दश जारभन्दा बढी जापानीले विश्व चर्चित सो भिडन्त हलमा हेरेका थिए भने आबेमा युट्युव च्यानलमार्फत विश्वभर प्रत्यक्ष हेरिएको थियो ।
अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका थिए । महोत्सवको उपाधि हात पारेपछि अबिरलले सामाजिक सञ्जालमा लेखेका छन्, “यो नेपालीका लागि ऐतिहासिक विजय हो । के वान फेस्टिबल २०२१’ को उपाधि हात पार्नु मेरा लागि आफैँमा प्रतिष्ठाका विषय हो । म मेरा पिता देवकुमारलाई विशेष धन्यवाद दिन चाहन्छु ।” प्रतियोगी घिमिरेले बताए ।
नेपाल जापान बिचको खेल भिडियोमा
https://m.youtube.com/watch?fbclid=IwAR2gwAbbZQNgt4ulMX-W3vwgcL1haPvwFDBCI5o8D7pONcgIMYDZsXLEkK4&v=37-1-nnryqk&feature=youtu.be