वाशिंगटन डिसी महानगरका नगर प्रमुख कै कानुनी सल्लाहकारको कोरोना संक्रमणबाट निधन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  909 पटक हेरिएको

vision-online-advertise

अमेरिका, चैत १५ ।

बिश्व कै महाशक्ति राष्ट्र अमेरिकामा नोबेल कोरोना भाईरसको संक्रमण दिन प्रति दिन भयाबह रुपमा फैलिएको छ । हालसम्म अकेरिकामा कोरोना भाईरसका कारण मर्नेको संख्या १५ सय ४४ पुगिसकेको छ । यो क्रम अझै तिब्र छ । संक्रमितको संख्या पनि १ लाख ७ सय १७ पुगिसकेको छ । अमेरिकामा कोरोना भाईरसको संक्रमितको संख्या चीनको भन्दा बढी छ । अमेरिका स्थित वाशिंगटन डिसी महानगरका प्रमुखका वकिलको कोरोना भाइरसबाट मृत्यु भएको समाचार सार्वजनिक भएको छ ।


नगर प्रमुख म्युरिएल बाउजरले “यो विनाशकारी हो,” “हामी धेरै दु:खी छौं” नगर प्रमुखले पत्रकार सम्मेलनमा जानकारी गराउदै भनिन्। नगर प्रमुख कै प्रमुख कानुनी सल्लाहकार तथा कर्मचारीको मार्च २७ शुक्रबारका दिन मृत्यु भएको हो । वाशिंगटन डिसी मै कार्यरत जर्ज भ्यालेनटाईन नगर प्रमुखको कानूनी सल्लाहकारको रुपमा कार्यालयमा काम गर्ने जनाएको छ ।

निज दुई दशक भन्दा बढी समयदेखि निरन्तर डिसीका कर्मचारी रुपमा कार्यरत थिए, बाउजरले भने। भ्यालेन्टाइन “एक अद्भुत व्यक्ति र समुदायको प्रतिबद्ध सदस्य थिए ,जसले आफ्नो कार्यकालको दुई दशक जिल्ला सरकारमा सार्वजनिक सेवामा रहेर जनताको सेवामा समर्पित गरे,” महा न्यायाधिवक्ता कार्ल रेसिनले एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएका हुन।
उनले आफ्ना सहकर्मी माझ र जिल्लाका स्थानीय बासिन्दाहरु माझ अमिट छाप छोडेर हामिहरुबाट बिलिन भए। हामी जर्जको परिवारप्रति गहिरो संवेदना ब्यक्त गर्दछौँ उनले भनेका छन । अमेरिकाको पछिल्लो स्थिति हेर्ने हो भने कोरोना भाईरस नियन्त्रणमा अमेरिका असफल भएको प्रष्ट बुझिन्छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार