ईटली, फागुन १५ ।
चीनको वुहानबाट फैलीएको नोबेल कोरोना भाईरसकोभिड–१९ पछिल्लो समय बिश्वका १५९ देश भन्दा बढ़ी देशमा फैलीएको छ । विश्वभर १५९ देशमा फैलिएको कोरोना भाइरस (कोभिन–१९) को संक्रमणबाट ५ लाख ६४ हजार ६ सय १० जना ५,६४,६१० संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या २६ हजार २ सय ३५ पुगेको छ ।
इटलीमा कोरोना भाइरस कोभिन–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वातै बढेको छ । शनिबार बिहान ७ बजेसम्मको तथ्यांक अनुसार इटलीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार १सय ३५ ९,१३५ पुगेको छ । यो तथ्यांकको आधारमा इटलीको स्थिति भयाबह देखिन्छ । चीनको तुलनामा मर्नेको संख्या इटलीमा लगभग ६ हजारले बढी छ । पछिल्लो समय चीनमा कोरोना भाईरस नियंत्रणको नजिक आएपनि अन्य मूलुकमा भने स्थिति भयाबह छ ।
पछिल्लो तथ्यांक अनुसार इटलीमा कोरोना संक्रमितको संख्या ८६ हजार ४९८ (८६,४९८) पुगेको छ। यससँगै इटललीमा २ हजार ५ सयको हाराहारीमा उपचारपछि घर फर्किएका छन् । २ हजार ५ सय १८ जना (२,५१८) को गम्भीर अवस्थामा उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यम सिन्हाले जनाएको छ । लिखित तथ्यांक शनिबार बिहान ७ बजेसम्मको डाटाको आधारमा तयार पारीएकोले त्यस पश्चात तथ्यांकमा थप हून सक्ने पाठक बर्गमा सूचित गरीन्छ ।