चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा, बिभिन्न दलका शीर्ष नेताहरुसंग भेटघाटको समय तय

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  132 पटक हेरिएको

काठमाडौं, चैत ११ ।   

चिनिया बिदेशमन्त्री वाङ नेपाल भ्रमणमा आएका छन । भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका हुन । सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै शुक्रबार दिँउसो काठमाडौं आइपुगेका हुन्। २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिएका वाङ विमानस्थलबाट द्वारिका होटेल जानेछन् ।

वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्नेछन्। शनिबार विहान नेपालका समकक्षी डा.नारायण खड्कासँग उनले भेटघाट गर्नेछन् । त्यसअघि उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने छन् । शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने तय भएको छ ।

चिनिया बिदेशमन्त्रीको नेपालका बिभिन्न दलका शीर्ष नेताहरुलाई भेटने कार्यक्रम पनि तय भएको छ । उनले भोली नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओली र नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाटको समय तय भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार