काठमाडौं, चैत १२ ।
फागुपूर्णिमा (होली) पर्व आइतबार काठमाडौं उपत्यकासहित देश भरका पहाडी जिल्लाहरुमा रङ खेलेर भब्यताका साथ मनाइएको छ । साथी र आफन्तजनहरुबीच आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने पर्व फागु पूर्णिमाको दिन सरकारले सार्वजनिक बिदा पनि दिदै आईरहेको छ । नेपालमा फल्गुपुर्णिमा पर्व २ दिन मनाउने गरिन्छ । पहाडी क्षेत्र र तराई क्षेत्रमा भिन्न भिन्न दिन मनाउने यस रङ्गहरुको पर्व होलि यस पटक भने काठमाण्डौँमा बिशेष रुपमा मनाईएको छ ।
काठमाडौं उपत्यकाको बसन्तपुरमा फागु पूर्णिमाको ठूलो उत्सवका साथ मनाईएको छ । न्यूरोड गेटदेखि बसन्तपुरसम्म मानिसहरुको ठूलो घुइँचो लागेको थियो । सबै मानिसहरु विभिन्न रंगले रंगिएका थिए ।
यहाँ स्वदेशी मात्र होइन विदेशीहरु पनि उत्तिकै मात्रामा उपस्थितिका साथ रमाइरहेका छन् । सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरुको ठूलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङमा रंगिएको छ ।
लोला र पिचकारीबाट पानी छ्यापाछाप गरेर समेत रमाइलो गरेका छन् । उक्त होलि बिशेष कार्यक्रममा काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन शाहको उपस्थिति र प्रस्तुतिले झन फल्गसपुर्णिमाको रौनहकलाई बिशेष बनाएको थियो । महानगरका मेयर बालेन शाहले आफ्नो प्रस्तुतिको क्रममा होलि मनाउन २४ घण्टा नै छ्ट रहेको र रातभर होलिमा रमाउन उपस्थितिहरुलाई जानकारीका साथ उत्साहित गरेका थिए ।