जापान प्रबेशको लागि स्मार्टफोन अनिबार्य, नारिता बिमानस्थलमा लोकेशन एप जडान चेकजाँच गर्न सुरु

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  531 पटक हेरिएको

जापान, चैत्र ११।  

कोरोना महामारी रोकथामको लागि अथक प्रयास जारी राखेको जापानले नारिता विमानस्थलमा आइपुगेका स्वदेशी तथा बिदेशी यात्रीहरुकोे स्मार्टफोनमा लोकेशन ट्र्याकिङ एप जडान बारे कडाईका साथ चेकजाँच गर्न सुरु गरेको छ । नारिता आईपुगेका यात्रीहरुकोे स्मार्टफोनमा लोकेशन ट्र्याकिङ एप जडान गरिएको छ कि छैन भनेर चेकजाँच हुन थालेकोे हो ।

कोरोना भाइरसको संक्रमणको व्यवस्थापन राम्ररी गर्न यात्रीहरुले स्मार्टफोनमा सो एप हाल्नु पर्ने नियम जापानले ल्याएको छ । यस अवधिमा दिनमा एक पटक आफू कहाँ छु र स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे पनि जानकारी दिनु पर्नेछ । मंगलबारदेखि विमानस्थलको क्वारेन्टाइन स्टेशनमा कर्मचारीहरुले स्मार्टफोनमा एप जडान गरिएको छ कि छैन भनेर पूष्टि गर्न सबै यात्रीहरुलाई फोन देखाउन र भिडियो कल गर्न भन्न थालेको जनाएको छ ।

जापान प्रबेशको लागि स्मार्टफोन अनिबार्य बनाएको छ यदि स्मार्टफोन छैन भने आफ्नै खर्चमा स्मार्टफोन भाडामा लिनु पर्दछ । जापानी नागरिकहरुसमेत सबै अन्तरराष्ट्रिय यात्रीहरुले आफूलाई १४ दिन क्वारेन्टाइनमा राख्नु पर्नेछ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

नेपालबाट जापान आउनको लागि केहि प्रक्रिया पुरा गर्नुपर्ने, भिषा सकिएकाहरुले नयाँ COE लिनुपर्ने

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार