माओवादीलाई गण्डकी सरकारबाट बाहिरिन अध्यक्ष तथा प्रधानमन्त्रि प्रचण्डको निर्देशन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  218 पटक हेरिएको

पोखरा, चैत ९ ।  

गण्डकीमा केन्द्रको निर्णय पर्खिएर बसेको माओवादी संसदीय दललाई नेकपा माओबादी श्रद्धय अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् । प्रचण्डको निर्देशनपछि बिहीबार नै बैठक बसेर निर्णय गर्ने तयारी गरेको माओवादी संसदीय दलले सांसदहरु पोखरा बाहिर भएकाले शुक्रबार बैठक बोलाएको छ ।

एमाले लगायतका दलको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन दिएर सत्ता समीकरण फेरेपछि सोमबार दोस्रो पटक विश्वासको मत लिएसँगै प्रदेश सरकारको पनि पुनर्गठनको कसरत भएको हो । चुनावकै बेला मुख्यमन्त्री बनाउने वचन दिएका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्न केन्द्रमा शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् ।

माओवादी भने अहिले एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा २ मन्त्रीसहित सहभागी छ । अघिल्लो सरकारकै पालादेखि मुख्यमन्त्रीको दाबी गरिरहेका हरिबहादुर चुमानले यसपटक माओवादीले नेतृत्व पाउनुपर्ने बताउँदै नयाँ सरकार गठनको प्रक्रियाका निम्ति केन्द्रको निर्देशन कुरिरहेको बताएका थिए ।

चुमानले सरकारबारे टुंगो लगाउन केन्द्रको निर्देशन आएसँगै बैठक डाकिएको जानकारी दिए । ‘दलको बैठक बस्नुस् भनेर केन्द्रबाटा निर्देशन आएको छ,’ चुमानले भने, ‘साथीहरु बाहिर रहेछन्, धेरैजसो नत्र आजै बैठक बस्थ्यौं । त्यसैले शुक्रबारका लागि बैठक बोलाइएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार