कोरोनाविरुद्ध ५० करोडको केन्द्रीय राहत कोष गठन, मन्त्रीहरुले दिए एक महिनाको तलब

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  705 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, चैत ९ ।

सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको हो ।


सो कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत भएको एक मन्त्रीले बताए । त्यस्तै अन्य नागरिक सबैलाई सो कोषमा सहयोग गर्न सरकारले आह्वान गरेको छ । बैठकले कम्तीमा एक सातालाई छिमेकी मुलुकसँगका सबै सीमा बिन्दुहरु बन्द गर्ने निर्णय समेत गरेको छ ।

मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीको अस्पताललाई कोरोना सं‌क्रमितको उपचारमा मात्र केन्द्रित गर्ने निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार