भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा सभा, जुलुस र भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  985 पटक हेरिएको

काठमाडौँ, चैत ८ ।  

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या पुनःबढेसँगै सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी भारतमा कोरोनाभाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ ।

नेपालमा समेत संक्रमण बढ्‍न सक्‍ने भएकाले सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्‍यावसायिक कार्यहरु नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति निकालेर सामाजिक र भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ८४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयद्धारा प्रेस बिज्ञप्ति

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार