कोरोनाको कहर : न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले न्युयोर्कबासीलाई दिए घरैमा बस्ने आदेश

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  665 पटक हेरिएको

vision-online-advertise

अमेरिका, चैत ७ ।

न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले न्युयोर्कबासीलाई घरैमा बस्ने आदेश दिएका छन । उनले शुक्रवार सत प्रतिशत निवासी घरमा बस्न आदेश दिएका हुन । उनले न्यूयोर्कका सत प्रतिशत श्रमशक्तिलाई घरमै रहनु पर्छ भन्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने जनाएका छन ।

अमेरिकामा पनि नोबेल कोरोना भाईरसको संख्या १० हजार ४ सय २७ पुगेको र हालसम्म १ सय ५० ले ज्यान गुमाई सकेको स्थिति छ । पछिल्लो अबस्थालाई मध्यनजर गर्दै न्यूयोर्क गभर्नरले घर बाहीर ननिक्लन आदेश दिन लागेको अमेरिका स्थित फक्स न्युजले जनाएको छ । कोरोनाभाइरसको संख्या बढेकोले आवश्यक सेवाहरू बाहेक उनीहरूले घरमै बस्नुपर्नेछ भनि सन्देश दिएका छन ।

उन्ले सामाजिक संजालट्वीटमा शुक्रवार भने कि आदेशले ओखती पसल(फार्मेसी)किराना पसल र अन्यलाई समावेश गर्दैन भनि सन्देश दिएका छन ।“यो हामीले लिन सक्ने सब भन्दा कडा कारबाही हो,” कुमोले  पत्रकार सम्मेलनमा भने । 

फक्स न्यूज

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार