सरकारले आउँदो १० गतेदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगायो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1276 पटक हेरिएको

vision-online-advertise

काठमाण्डाै, चैत ७ ।

सरकारले आउँदो १० गतेदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । प्रधानमनत्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै यस्तो जानकारी गराउनुभएको हो । 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान पनि बन्द हुने जानकारी दिनुभयो । 


प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख केही बुँदा :

· नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।

· सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ ।

· देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।

· आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।

· मानिसहरुको भिडभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ ।

· विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार