काठमाडौं, चैत ५ ।
स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको आज उद्घाटन एक औपचारिक कार्यक्रमका बिच हुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज दोलखा पुगेर यो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका सचिवालयले जानकारी गराएको छ । सबस्टेसनमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ५२.४ मेगावाटको लिखु-४ र २४.२ मेगावाटको लिखु ‘ए’ आयोजनाहरुको विद्युत प्रणालीमा जोडिएको छ । यस आयोजनाले राष्ट्रीय प्रसारणमा ठुलो टेवा पूर्याउने छ ।