संसदमा फेरियो राजनितिक दलको आसन; कांग्रेस सत्तापक्षमा, एमाले प्रतिपक्षमा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  124 पटक हेरिएको

काठमाडौं, चैत ५ ।  

प्रतिनिधिसभामा दलहरुको आसन फेरिएको छ । १४ मंसिरमा सम्पन्न प्रतिनिधिसभाको चुनावपछिको अधिवेशनमा कांग्रेस प्रतिपक्षमा र नेकपा एमाले सत्तापक्षमा बस्दै आएका थिए । पुस ७ गते भएको सांसदहरुको शपथ ग्रहण कार्यक्रममा कांग्रेस, माओवादी लगायतका दलहरु सत्तापक्षको बेञ्चमा बसेका थिए । तर, पुस १० गते एमाले र माओवादी मिलेर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वका सरकार बनेपछि कांग्रेस प्रतिपक्षमा पुगेको थियो ।

तर, राष्ट्रपति चुनावअघि फेरि सत्ता समीकरण फेरियो । प्रतिपक्षमा रहेका काग्रेसले पनि प्रधानमन्त्रि पुष्पकमल दाहाललाई बिश्वासको मत दिएसँगै संसदमा राजनितिक माहोल परिवर्तन भईरहेको आभास भएको थियो । काग्रेसले प्रचण्डलाई बिश्वासको मत दिएसँगै एमालेका नेताहरु झस्किएका थिए त्यस बखत नै संसदीय राजनितिक कोर्समा परिवर्तन आउने आकलन गरिएको थियो ।

नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए । त्यसपछि पहिलो पटक आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले पहिलो पटक प्रतिपक्षी बेन्चमा बसेको हो । एमालेसँगै राप्रपा पनि प्रतिपक्षी बेन्चमा बसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार