एमाले परित्याग गरेका घनश्याम भूसाल एकीकृत समाजवादीको महासचिवमा मनोनित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  155 पटक हेरिएको

काठमाडौं, चैत, ५ ।

एकीकृत समाजवादीको महासचिव पदमा घनश्याम भूसाललाई मनोनित गरिएको छ । नेकपा रहदा माधब कुमार नेपाल पक्षमा रहेका तत्कालिन घनश्याम भूसाल नेकपा बिघटन पश्चात भने एमालेमा बसेका थिए तर नेकपा एमाले भित्र अध्यक्ष ओलीद्धारा अपमानित भई पार्टीमा ओझेलमा परेका भूसाललाई एमालेले संघीय संसदको निर्वाचनमा टिकट समेत दिएका थिएनन् । तर पार्टीको निर्णय बिपरि आफुलाई पार्टीले अपमानित गरेको ठहर गर्दै पार्टी परित्याग गरि स्वतन्त्र उम्मेद्धारको रुपमा निर्वाचनमा उठेका थिए । उनै नेता भुसाल पछि एकीकृत समाजबादी पार्टी प्रबेश गरेका थिए ।

उनलाई आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले भूसाललाई महासचिव मनोनित गरेको हो । हालसम्म महासचिव रहेका बेदुराम भूसाललाई भने उपाध्यक्ष मनोनित गरिएको छ । ४ मंसिरको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि एमाले परित्याग गरेका घनश्याम भूसाल गत २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । त्यतिबेला उनी सचिवालय सदस्य बनेका थिए ।

यस्तै उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार