कोरोना प्रभावित ५५ मुलुकबाट नेपाल आउन पूर्ण प्रतिबन्ध(निर्णय सहित)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  962 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, चैत ५।

सरकारले कोरोना भइरस (कोभिड-१९ ) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो ।

यो प्रतिबन्ध २० मार्च अर्थात शुक्रबारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहनेछ । बैठकमा सहभागी एक मन्त्रीले भने, ‘अहिले नै सरकारले पूर्ण रुपमा ‘लकडाउन’ भनेको छैन तर यो प्रतिबन्धले ५५ प्रदेशबाट नेपाल आउन रोक्नेछ ।’

उपप्रधान तथा रक्षामन्त्री एवं समितिका संयोजक ईश्वर पारेखलले आवश्यक पर्दा सरकारले लकडाउन पनि घोषणा गर्न सक्ने बताए । समन्वय समितिको बैठकले ट्राभल एड्भाइजरी जारी गरेको अवधिमा हवाई टिकट रद्द गर्दा पुरै रकम फिर्ता दिन र यात्रा मिति परिर्वतन गर्दा शुल्क नलिन वायु सेवा कम्पनीहरुलाई भनेको छ । कोरोना भाईरसको उच्च जोखिममा रहेको नेपालले पछिल्लो समय धार्मिक स्थल, मठमन्दिर, फिल्महल, सार्वजनिक यातायातको साधन, शैक्षिक संस्था देखि लिएर एस ईई परीक्षा समेत स्थगित गरेको छ भने अत्यावश्यक काम बाहेक घर बाहीर नआउन अनुरोध गरेको छ । कोरोना भाईरस सम्बन्धि गलत समाचार प्रबाह गर्ने संचारमाध्यमलाई पनि क़ानून बमोजिम कडा कारबाही गर्ने निर्णय समेत गरेको छ ।

यस्तो छ नेपाल सरकारको पछिल्लो १५ निर्णय

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार