कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि संचालन गर्ने बोर्डको तयारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  651 पटक हेरिएको

काठमाडौं, चैत ४ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ । आज बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

उनले भने ‘आज बसेको बैठकले १६ गतेदेखि परीक्षा निर्णय गरेका छौं । समयतालिका सार्वजनिक गर्ने तयारी गरिरहेका छौं ।’ यस अघि जेठ १८ गतेदेखि हुने भनिए पनि आज बसेको बोर्डको बैठकले १६ गतेदेखि गर्ने निर्णय गरेको हो । बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र भने अनलाइनबाट नै पठाउने तयारी गरेको छ ।

कोभिड १९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको हो । गत वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा भएको समस्या सुधार्दै प्रश्न पत्र पठाउने तयारी गरेको बोर्डले जनाएको छ । यस वर्ष ४ लाख बढ़ी बिध्यार्थीले कक्षा १२ को परीक्षा दिने बोर्डले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार