दोहोरी गीत प्रतिष्ठान नेपाल जापानद्वारा अनलाइन मौलिक लोक नृत्य प्रतियोगिता आयोजना

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  924 पटक हेरिएको

जापान, चैत ५ ।   

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले अनलाइन मौलिक लोक नृत्य प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिताका लागि मार्च १५ बाट मार्च ३१ सम्म नाम दर्ता तथा भिडियो संकलन गरिने आयोजकले जनाएको छ । अप्रिल ५ सम्ममा सम्पूर्ण प्रतियोगीहरुको भिडियोहरु प्रतिष्ठानको अफिसियल फेसबुक पेजमा प्रकाशन गरिने पनि सचिब माधव सिग्देलले जनाइएको छ ।

मे १५ तारिखमा नतिजा प्रकाशन हुने छ । प्रतियोगिताका विजेता प्रथमले ५० हजार, द्वितीयले ३० हजार, तृतीय ले १५ हजार र सान्त्वना पुरस्कार १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको निर्णायकमा प्रकाश भट्ट, अञ्जली अधिकारी र अरमान गुरुङ रहेका छन् ।

सहभागीले पालना गर्नु पर्ने नियममा भिडियो ३ मिनेटदेखि ५ मिनेटसम्मको हुनुपर्ने, सुरुदेखि अन्तिमसम्म इडिट नगरी नाचिएको भिडियो हुनुपर्ने, गीत मौलिक लोकलयमा आधारित हुनुपर्ने लगायतका छन् । जापान शाखाले निरन्तर रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । वर्तमान सूर्य खड्काको अध्यक्षता रहेको कार्यकालको महत्वपूर्ण कार्यक्रम संस्थाका प्रथम उपाध्यक्ष पुरुषोत्तम सिग्देलले संयोजन गरेका छन् ।

लोक नृत्य प्रतियोगिता विश्वको जुनसुकै कुनामा रहेका नेपालीहरुले सहभागिता जनाउन पाउनेछन् । प्रतिष्ठानकै अफिसियल पेजमार्फत प्रकाशन गरिने उक्त अनलाईन नृत्य प्रतियोगितामा विभिन्न नियम बनाइएको छ । कार्यक्रममा सहभागिता जनाउन जापान शाखाले अपिल गरेको सचिव माधव सिग्देल बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार