जनकपुर, चैत ४ ।
हालसम्म ७ प्रदेश मध्ये ४ प्रदेशले मात्र अधिकारिक रूपमा नाम पाऊन सकेको छ । प्रदेश २ को नामकरणमा दर्ता भएका चारवटै प्रस्ताव अस्वीकृत भएपछि प्रदेशसभाका प्रमुख चारवटै दलले संयुक्त रुपमा ल्याएको राजधानी सम्बन्धी प्रस्ताव पनि आज भएको मतदानबाट पारित हुन सकेन ।
प्रदेशको स्थायी राजधानीकालागितीनवटा प्रस्तावदर्ता गरिएको थियो । तीमध्ये समाजवादीपार्टी, राजपा, नेकपा र नेपालीकांग्रेसले संयुक्त रुपमाजनकपुरलाई राजधानी तोक्नुपर्ने प्रस्ताव ल्याएकाथिए । उक्त प्रस्तावकालागि मतदान हुँदा जम्मा ५२ मत पक्षमा परेको छ भने ५२ मत विपक्षमा खस्यो र तीनवटा मत बदर भएको निर्वाचन अधिकृत रंजीत यादवले जानकारी दिए ।
प्रमुख दलले संयुक्त रुपमा ल्याएको प्रस्ताव अस्वीकृत भएपछि राजधानीकालागि दर्ता गरिएकाअन्य दुई प्रस्तावकालागि पनिमतदा नहुने भएको छ । बारा र पर्सा जिल्लाबासी विभिन्न दलका केही सांसदले वीरगंजलाई राजधानी बनाउनदुई वटा प्रस्ताव दर्ता गराएका छन् ।