काठमाडौं, चैत ३ ।
आज फागू पूर्णिमा अर्थात होली पर्व । आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने यो पर्व काठमाडौं उपत्यकामा अघिल्ला वर्ष भन्दा उत्साहपूर्ण रुपमा मनाइएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धात्मक व्यवस्थाका कारण अघिल्ला दुई वर्ष ठूलो समूहमा सार्वजनिक स्थलमा होली खेल्न रोक लगाइएको थियो ।
यस वर्ष भने कोरोना महामारी करिब नियन्त्रणमा रहेका कारण काठमाडौंका धेरै क्षेत्रमा युवाहरुले सार्वजनिक स्थलमा हर्षोल्लासपूर्वक होली मनाए । काठमाडौंको बसन्तपुरमा होली खेल्नेहरुको ठूलो समूह भेला भएको थियो । देशका अन्य क्षेत्रमा पनि उत्साहका साथ होली पर्व मनाएको थियो । यस बर्ष कोरोना संक्रमण न्यून भएको कारणले पनि बिभिन्न क्षेत्रमा बिभिन्न सांस्कृतिक कार्यक्रम सहित होली पर्व मनाएको थियो ।
होली पर्वको केही झलकहरू