जापान, चैत्र २ ।
जापानमा बुधबार राति ११ बजेर ३४ मिनेटमा भूकम्प गएको थियो । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार फुकुसिमा र मियागी दुवै प्रान्तमा ७.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुश गरिएको थियो। जापान मौसम विज्ञान एजेन्सीले दुबै प्रान्तहरूमा सुनामीको चेतावनी जारी गरेको छ। भूकम्पको केन्द्र फुकुसिमा प्रिफेक्चरको तटबाट टाढा रहेको, केन्द्रविन्दुको गहिराई ६० किलोमिटर रहेको र भूकम्पको म्याग्निच्युड ७.३ रहेको अनुमान गरिएको छ ।
जापान मौसम एजेन्सीका अनुसार दुई प्रिफेक्चरहरूको लागि १ मिटर सुनामी आउनसक्ने अनुमान लगाउदई सतर्क रहन ईमर्जेन्सी अलर्ट जारी गरिएको छ स्थानीय बासिन्दाहरूलाई समुद्री तटबाट टाढा रहन आह्वान गरिएको छ। भूकम्पको धक्का टोकियोमा पनि महसुस गरिएको थियो, जहाँ यो धेरै मिनेटसम्म रहेको थियो र शहरभर बिजुली बन्द भएको छ।
TEPCO वेबसाइटका अनुसार १७ गते मध्यरातसम्म टोकियोका करिब ७ लाख र कानागावाका करिब ३ लाख, मुख्यतया १ महानगरीय क्षेत्र र ८ प्रिफेक्चरको कान्टो क्षेत्रका करिब २० लाख घरमा विद्युत् अवरुद्ध भएको छ।
तोहोकु इलेक्ट्रिक पावर सञ्जालका अनुसार १७ गते बिहान ०५:०५ बजेसम्म क्षेत्राधिकारभित्रका पाँच प्रिफेक्चरमा जम्मा १ लाख ५६ हजार घरधुरी विद्युत सेवाबाट वञ्चित छन् ।फुकुसिमामा ९९,२००, मियागीमा ४७,२००, आओमोरीमा ९,१००, निगातामा ३०० र इवातेमा २०० रहेका छन । तर जापानको पश्चिम क्यूशु क्षेत्रमा भने भूकम्पको धक्का महसूस नभएको जनाएको छ ।