जापानको फुकुओका स्थित ओगोरीमा “बृहत सांस्कृतिक कार्यक्रम २०८२” हुदै

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  352 पटक हेरिएको

जापान, चैत्र ३ ।

जापानको फुकुओका केन अन्तर्गत रहेको ओगोरीमा बृहत सांस्कृतिक कार्यक्रम २०८२ हुने भएको छ । जापानको फुकुओका स्थित ओगोरीमा रहेको स्थानीय क्लब ओगोरी बाईज युनियन र लालि गुरास करि हाउसको संयुक्त आयोजनामा उक्त सांस्कृतिक कार्यक्रम हुन लागेको दिपेश खरेलले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । फुकुओका स्थित ओगोरीमा बिभिन्न पेशा ब्यबसाय, बिद्यार्थी भिषामा अध्ययनरत बिद्यार्थीहरु र कामदारको रुपमा ओगोरी आउनुभएका नेपालीहरुलाई नेपाली कला संस्कृतिमा मनोरञ्जन दिलाउन उक्त कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ । जापान एउटा ब्यस्त शहर रहेको र नेपालीहरु दिनरात काममात्र गर्दा थकित हुने भएकोले नेपालीहरुको थकान कम गर्न पनि यस सांस्कृतिक कार्यक्रमले सहयोग गर्ने आयोजक समितिले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।

उक्त सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको समेत प्रस्तुति रहने आयोजक समितिले जानकारी गराउनु भयो । उक्त कार्यक्रममा आफ्नो प्रस्तुति दिनको लागि प्रवासमा बसि कला संस्कृतिको जगेर्ना गर्दै गित संगितलाई पनि निरन्तर दिदै आउनु भएको चर्चित गायक पुरुषोत्तम सिग्देल र माधब सिग्देल र नेपालबाट प्रेम सापकोटाको संयुक्त प्रस्तुति रहने जनाएको छ । माधब सिग्देल र पुरुषोत्तम सिग्देल लामो समयदेखि जापानको फुकुओका शहरलाई कर्मथलो बनााई गित संगीतलाई पनि निरन्तरता दिदै आउनु भएका सर्जक तथा गायक हुन । निजहरु बिगत लामो समयदेखि जापानको फुकुओका शहरमा बस्दै आउनु भएको छ ।

उक्त कार्यक्रममा सहभागि हुनको लागि ३००० ऐनको टिकट काट्नुपर्ने हुन्छ । उक्त रकममा सहभागिहरुले खाना र सफ्ट ड्रिङ्क पिउन पाउनुहुने आयोजक समितिले जनाएको छ । उक्त कार्यक्रमअप्रिल महिनाको ६ तारिक ओगोरि सिटिको लाईफलङ्ग लर्निङ्ग सेन्टरमा हुने समेत आयोजक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार