अल्कोहलले कलेजो (लिभर) लाई कसरी असर गर्छ? डाक्टर प्रतिम प्रधानको बिशेष अन्तरवार्ता

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1849 पटक हेरिएको

काठमाडौं, चैत २।  

आजभोलि अल्कोहलका कारण रोगको प्रभाव बढ्दै गएको अस्पतालमा आउने कलेजो वा लिभरका बिरामीको आँकाडाले देखाउछ। पारिवारीक जमघट र समारोहमा मात्र हैन दैनिक अल्कोहल पिउने मानिसहरु बढिरहेका छन्। त्यसैले यहाँ हामीले अल्कोहलका कारण कलेजोमा पार्ने असर, यसबाट बच्ने उपाए र उपचार बारे केन्द्रित रहेर स्टार अस्पताल सानेपामा मेडिसिन विभागमा कार्यरत डा प्रतिम प्रधानसँग गरेका केही प्रश्न र उत्तरहरु

हाम्रो शरीरमा लिभर वा कलेजोको काम के हो?

लिभर हाम्रो शरीरको महत्वपुर्ण अंग हो। यसले हाम्रो शरीरमा गर्ने कार्यहरु धेरै छन विशेष गरेर यसले वायु भन्ने तत्व उत्पादन गर्छ यसले फ्याट भिटामिनहरु एवजर्ब गर्न मदत गर्छ। त्यो लगायत यसले गर्ने अर्को महत्वपूर्ण काम भनेको डिटोअक्सिफिकेसन हो। हामीले अनाश्यक कुराहरु खाएका छौ भने यसले डिटोअक्सिफाइट गर्ने काम गर्दछ।

लिभरमा प्रोटिन लगायत अरु विभिन्न कुराहरु बन्ने गर्छन। हामीले खाएको खानेकुराहरु ग्लुकोज जुन शरीरले लिन्छ त्यो लिभरमा गएर ग्यालाइकोजिनको रुपमा स्टोर हुन्छ। सम्पुर्णरुपमा जुन रोग प्रतिरोधी क्षमताको कुरा छ त्यो पनि लिभरसंग सम्बन्धित छ। लिभरले रोगप्रतिरोधी क्षमता बढाउनमा पनि धेरै मदत गर्दछ।

प्रोटिन, फ्याट,कार्बाेहाइट्रेड मेटाबोलिजम हुने भनेको लिभरको माध्यमबाट नै हुने हो। त्यसैले हामीले खाएको खानेकुराहरुले लिभरमा धेरै नै असर गरिराखेको हुन्छ। जस्तै, दैनिक खानेकुराहरुमा अत्यधिक फ्याटयुक्त खानेकुरा, जंक फुड, नचाहिने रुपमा एन्टिबायोटिक लिने, चाहिने भन्दा बढि पेनकिलर, सिटामोलहरु लिइराखेका हुन्छौ त्यो सबैले हाम्रो लिभरमा असर गरिरहेको हुन्छ। जसले लिभरसेन्सलाई बिगार्ने काम गरिरहेको हुन्छ।

 

अल्कोहलले कलेजो (लिभर) लाई कसरी असर गर्छ?

अल्कोहल एउटा नराम्रो तत्व हो। यसले हानी बाहेक केहि गर्दैन यसले लिभरमा हुने फ्याटी एसिडलाई डिपोजिट गर्ने काम गर्छ। लिभरसेल्समा फ्याटी एसिड डिपोजिट हुन्छ त्यसले गर्दा लिभरको सेल्स ड्यामेज हुने हुन्छ। यस्तो अवस्थामा हामीले थप अल्कोहल खादै गएमा त्यसमा थप बिगार हुदै जान्छ। लिभरसेल्सहरु झन झन बिग्रदै जान्छ। लामो समयसम्म नियमित अल्कोहल खायौ भने जस्तो महिलाहरुमा बीस ग्राम भन्दा बढि दैनिक दश वर्ष जति अथवा पुरुषहरुले चालीस देखि असी ग्राम दैनिक दस वर्ष जति खायौ भने सिरोसिस भन्ने अवस्था सम्म पुग्दछ त्यो भनेको लिभरको लागि अन्तिम अवस्था जहाबाट चाहि लिभरलाई पहिलेकै अवस्थामा र्फकाउन गार्हो हुन्छ।

लिभरमा अल्कोहलको असर पत्ता लगाउन के कस्ता परीक्षण गर्नु पर्दछ ?

अल्कोहल छोटै समय खादा अथवा लामो समय पछि खादा पनि लक्षण देखिनसक्छन अल्कोहलिक लिभर डिजिजलाई समग्रमा छुट्याउनुपर्दा तीन भागमा छुट्याइन्छ।

१.अल्कोहलिक फ्याटी लिभर 

अल्कोहलिक फ्याटी लिभरमा छोटो समयसम्म अल्कोहल खाएको छ भने फ्याटहरु गएर डिपोजिट हुदैन त्यस्तो अवस्थामा संकेतहरु देखिदैनन् र रुटिङ्ग चेकपमा मात्र थाहा पाउने हुनसक्छ। कोहि कोहिमा हल्का वाक वाकी वा पेट दुख्ने सामान्य रुपमा मात्र देखिन्छ।

२. अल्कोहलिक हेपाटाइटीस 

यदि कोहि मानिसमा अल्कोहलिक हेपाटाइटीस बनेको छ र जसमा लिभरसेल्स अलि बढि बिग्रेको छ जसमा लिभर इन्जाइम बढ्न थालेका हुन्छ र त्यस्तो समयमा मानिसहरुमा जन्डीस पेट दुख्ने वाक्क वाकी लाग्ने, खानामा अरुची, थकाई लाग्ने जस्ता लक्षण हुन्छन्।

लिभर सिरोसिस 

सिरोसिस भनेको सबैभन्दा डरलाग्दो अवस्था हा यो भनेको लामो अन्तरालसम्म अत्यधिक मात्रामा अल्कोहल खाएमा देखापर्ने हुन्छ। यसमा आउने विभिन्न समस्याहरु विशेषगरी हामीले पोटलहाइपरटेन्सन भन्छौ। जसले गर्दा आउनसक्ने समस्या भनेको पेटमा पानी जम्ने हुन्छ, यस्तोमा उक्त पानीमा सक्रमण भयो भने खतरा हुनसक्छ। अर्को फियो सुनिने हुन्छ। खानानलीको तल्लो भागको नशा सुनिने जुन नशा फुट्यो भने त्यहिबाट रगत बगेर मानिसको मृत्यु नै पनि हुनसक्ने हुन्छ।

कलेजोमा असर भइरहेको छ भने त्यसले कलेजोलाई मात्र असर नगरेर अरु अंगमा पनि असर गर्नसक्ने हुन्छ जस्तो मृगौलामा पनि यसले असर गर्नसक्ने हुन्छ। त्यसैगरी फोक्सोलाई पनि असर गरी अक्सिजनको मात्रालाई पनि प्रभावित पार्नसक्ने हुन्छ। लिभरको काम भनेको शरीरलाई नचाहिने तत्वलाई फिल्टर गर्ने हो तर त्यो गर्न नसकेपछि त्यस्ता हानीकारक तत्वले हाम्रो दिमाखलाई पनि हानी पुर्याउने हुन्छ। जसले गर्दा मानिस अलि बेहोसी हुने हुन्छ।

त्यो बाहेक भिटामिन बन्ने बाटो लिभर पनि भएकोले क्यालिसियमको कमि हुने जसले हड्डीहरु खिइने हुन्छ। रगतको कमि हुनसक्ने हुन्छ। यस्ता विभिन्न समस्याहरु लिभर सिरोसिस बढ्दै जादा हुने गर्दछन्।

अल्कोहलिक हेपाटाइटिस लगायत अल्कोहलको कारण लिभरमा परेको असरहरुको उपचार कसरी कसरी गर्न सकिन्छ?

अल्कोहलिक लिभर डिजिज भन्नाले अल्कोहलले निम्त्याएको रोग हो। यसमा हामीले गनुपर्ने कुरा भनेको हामीले अल्कोहललाई पहिले त त्याग्नु पर्यो अल्कोहललाई छोडेपछि नै हामीले यसको उपचार गर्नसक्छौ। अल्कोहल छोडेको तीन महिनामा यो अवस्था रिर्भस पनि हुनसक्छ।

अल्कोहल छोडेको छ महिनामा अल्कोहलिक हेपाटाइटिस पनि रिर्भस हुनसक्छ। त्यसपछि पनि समस्या भयो कलेजोमा बिकार रर्हो भने यसको थप उपचारको लागि हामीले औषधीहरुको प्रयोग गर्न सक्छौ।

अर्को हो अल्कोहलिक सिरोसिस जसमा धेरै हदसम्म लिभर बिग्रीसकेको हुन्छ। यसमा अघि माथि भनिसकेका जुन समस्याहरु हुन्छन हामीले त्यहि अनुसार समाधान गनुपर्ने हुन्छ। जस्तो पेटमा पानी जमेको खण्डमा पिसाव गराउने औषधीहरु दिएर त्यो जमेको पानीलाई निकाल्न सक्छौ। त्यसैगरी जहा रगत बगिरहेको छ त्यस्तोमा औषधी दिएर अथवा कम रगत बगेको छ भने ब्याडिंग गराउन पनि सकिन्छ। त्यस्तै बिरामीको अवस्था हेरेर विभिन्न एन्टिबायाेटिकहरु चलाउनुपर्ने हुन्छ। यति सबै गर्दागदै पनि कहिलेकाहि बिरामीको अवस्था जटिल हुदै गइरहेको छ भने अर्को उपाय भनेको लिभर ट्रन्सप्लान्ट मात्रै हो।

सिरोसिस, फ्याटी लिभर, अल्कोहलिक हेपाटाइटिस हुनबाट बच्ने उपाय के के हुनसक्छन?

यसमा अब अल्कोहल मुख्य कारक तत्व यसलाई तपाईले रोक्नुपर्ने त भइनै हाल्यो। त्यसको अलावा हाम्रो दैनिक दिनचर्या हामीले खाएका चिल्लोयुक्त खानेकुराहरु जसले मोटोपना ल्याउछ त्यसलाई त्याग्नुपर्ने हुन्छ। उमालेका खानेकुराहरु खाने जंकफुडहरु नखाने हरिया तरकारीहरु, फलफुल, माछामासु आदि सबै खानेकुराहरुलाई सन्तुलित रुपमा मिलाएर खानुपर्छ। अर्काे महत्वपुर्ण कुरा भनेकाे नियमित परिक्षण हाे जसमा हामी लिभर फंग्सन टेस्ट गर्नसक्छौ। यसमा हामीले लिभरसंग सम्बधित विभिन्न कुराहरु हेर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार