जापानबाट अजिब गुरुङ (ओम) द्वारा NRNA ICC को सचिब पदमा उम्मेदवारी दिने घोषणा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  489 पटक हेरिएको

जापान, चैत्र १ । 

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समवन्य परिषद्को (NRNA ICC )आगामी महाधिवेशनमा अजिब गुरुङ (ओम) सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समयबाट एनआरएन अभियानमा होमिएका गुरुङ, २००८मा एनआरएनए जापानको कार्यसमितिको उपाध्यक्ष भएसगै गुरुङको परिचय बढेको थियो । गुरुङ सबैसग समुधुर सम्बन्ध राख्न सक्ने क्षमताका कारण नै ६ जान अध्यक्षका प्रत्यासीहरु हुदै गर्दा पनि सर्बसम्बत रुपमा अध्यक्ष निर्वाचित हुन सफल भएका हुन ।

एनआरएन जापानको सफल कार्यकाल सम्पन्न गरिसकेका गुरुङले ३ पटक आईसीसीको पदमा बसी विभिन्न महत्वपूर्ण जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरिसकेका छन् । हाल NRNA ICCको बिधान समितिको सह-संयोजकको जिम्मेवारीमा रहेर बिधानमा नया आयमहरु थप्न गहन भूमिका खेलेको जानकारहरु बताउछन | उनले आफ्नो उम्मेद्धारी व्यक्तिगत स्वार्थ भन्दा पनि आफ्नो अनुभवलाई सदुपयोग गर्दै गैरआवासीय नेपालीकोहरुको समुचित बिकासको लागि निरन्तरता सहित सस्थागत सुढृडिकारणका लागि आपनो उम्मेदवारी भएको गुरुङले दावी गरेका छन् ।

पर्वत जिल्लामा जन्मिएका गुरुङ स्यांग्जामा हुर्किएर हाल चितवनमा बसोवास गर्दै आएका गुरुङ बिगत लामो समयदेखि जापानमा स्थापित सफल रेष्टुरेण्ट र रेमिट्यान्स ब्यवसायी हुन ।
जापानस्थित विभिन्न संस्थामा पनि महत्वपूर्ण ठाउँमा बसेर काम गरी सके गुरुङ हाल नेपाल आदिबासी जनजाति महसंघ जापानको सस्थापक अध्यक्ष एबम हाल सल्लाहकार हुन | गुरुङहरुको माउ सस्था तमुह्युल छोजधिं रास्ट्रिय परिषदका अन्तरास्ट्रीय सल्लाहकार, पर्बत समाज जापान अन्तरास्ट्रिय पर्बत समाजका सल्लाहकार, तमुधिं जापानका सरक्षक, NRNA जापानका सरक्षक, चितवन समाज जापानका सल्लाहकार समेत रहेका गुरुङ गैरआवासीय नेपाली आन्दोलन र अभियानको अगुवामा निकै परिचित नाम हो । एनआरएनए बिगत लामो समय देखी नै यस सस्थाका जन्मपिता उपेन्द्र महतो, देवमान हिराचन, जिबा लामिछाने, शेष घले लगाएत भबन भट्टसंग नजिक रहेर काम गरेका गुरुङ एनआरएनका बिभिन्न महत्वपूर्ण जिम्मेवारीमा बसेर काम गरिसकेका छन् ।

अन्य पदहरुमा जहाँ बसेर पनि काम गर्न सकिन्छ नि सचिबमा नै किन भन्ने प्रसंगमा उम्मेद्धार गुरुङले लामो समय सस्थामा बसेर काम गरेको अनुभबले एनआरएनए देखिएका समस्याहरु र यसका मूल्य मान्यताहरुलाई गहनरुपमा बुझेको छु त्यसर्थ आफै जिम्मेवारी तह बसेर पोलिसी बनाउने र त्यसलाई लागु गर्नका लागि नै जिम्मेवारी पदमा बसेर काम गर्न चाहेको स्पस्ट पारे | मुख्यत: हाल सस्थामा देखिएका बिकृति र विसंगतिहरुको सस्थागत सुधार,रोजगारीको लागि बाहिरिएका गैरआवासीय नेपालीहरुको हकअधिकार, नागरिकताको निरन्तरता, बिदेशमा सिकेको दक्ष जनशक्तिलाई लाइ नेपालीको सम्वृद्धिको लागी डाइभर्ट गर्ने, स्वदेश तथा बिदेशमा श्रमको उचित मूल्य र ब्यबस्थित रोजगारका लागि पहल गर्ने, जिबनबिमा जस्ता बिषयहरुमा लागि आफु जोडदारसंग लाग्ने र यस अर्थमा पनि आफु सचिवको जिम्मेवारी पदमा रहेर काम गर्न चाहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार