जापानको फुकुओकामा एक युवतीद्धारा आत्महत्या, आत्महत्याको कारण खुल्न बाँकी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  302 पटक हेरिएको

जापान, फुकुओका चैत १ । 

जापानको फुकुओका शहरमा निहोन गो गाक्को जापनिज भाषा कक्षा सोचुग्यो भई सेनमोन गाक्कोउ जाने तयारीमा रहेकी एक नेपाली युवतीले आत्महत्या गरेका छन । नेपालको नवलपरासी घर भएकी बिक थरकि ती युवती अन्य ३ जना साथीहरुसँगै बस्ने गरिएको बुझिएको छ । दिउँसो अन्य साथीहरु काममा गएको बखत आत्महत्या गरिएको जनाएको छ । फुकुओकास्थित बेन्तो कम्पनीमा पार्ट टाईम काम गर्ने ती युवतीले के कारणले आत्महत्या गरेको कारण भने खुलेको छैन ।

निजको सँगै बस्ने साथीहरु कामबाट फर्केर ढोका खोल्दा सलको पाँसो लगाई झुन्डिएको अबस्थामा देखेको र लगत्तै गैर आवासिय नेपाली संघ क्युस्यु क्षेत्रिय कार्यसमितिका उपाध्यक्ष मोहन सिंह मडाईलाई जानकारी गारईएको बुझिएको छ । एनआरएनए जापान क्युस्यु क्षेत्रिय कार्यकसमितिका उपाध्यक्ष मोहन सिंह मडाईले भिजन अनलाईन न्युजसँग कुरा गर्दै उक्त घटनाको जानकारी गराएको हो । उक्त घटनाको बारेमा सँगै बस्ने तिन जनासँग जापान पुलिसले लगभग एक घण्टा सोधपुछ गरि छाडिएको छ भने अहिले मृत युवतीको सबलाई पोष्टम्याटमको लागि हस्पिटल लगिएको छ ।

पछिल्लो समय जापानमा आत्महत्या गर्नेको संख्या दिनप्रति दिन बढ्दै गईरहेको छ । केहि महिना अघि मात्र जापानको कुमामोता क्षेत्रमा बसोबास गर्ने एक महिलाले आत्महत्या गरेका थिए भने नागोयामा पनि एक युवाद्धारा आत्महत्या गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार