जापान, फागुन ३० ।
गैर आवासीय नेपाली संघको स्थापनाकालदेखि नै सक्रिय टंक गैरेले एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी घोषणा गरेता पनि अन्त्यमा आइसीसी उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारि दर्ता गराएका छन् । केहि समय पहिले एक औपचारिक कार्यक्रमबीच एसिया प्यासिफ़िक उप संयोजक पदमा गैरेले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए तर जापानबाट एऊटै पदमा दुई जनाको उम्मेद्वारि परेपछि सहमति मैं आइसीसी उपाध्यक्ष पदमा उम्मेद्वारि दिएको भिजन अनलाइन न्युजलाई जानकारी गराउनु भयो । समाजसेवा जहाँ जसले जस्तो ठाउँबाट गरे पनि हुने तर त्यसलाई संस्थागत रुपमा गर्नुपर्छ भन्ने मान्यता राख्ने गैरेले कुनै पदमा बसेर आफ्नो पदको मर्यादा राखी समाज सेवा गर्नुपर्नेमा जोड दिन्छन् । सन् १९७१ मा बागलुङको गल्कोटमा जन्मिएका गैरेले अंग्रेजीमा डिप्लोमा गरे । नेपालमै रहेर केही गरौं भन्ने सोच लिएर चितवन धर्मचोकको न्यू सनराइज बोर्डिङ स्कूल सञ्चालन गरे ।
विदेशमा गई अनुभव बटुल्ने सोचअनुरुप भारतबाट एसियन तथा इन्डियन खाना बनाउने सीप संगाले । लगत्तै जापान प्रवेश गरेका गैरे त्यतिबेला दैनिक १८ घण्टाका दरले चिफ सेफ भई लामो समय काम गरेको स्मरण गर्छन् । जापानमा सन् २००३ बाट व्यवसाय सुरु गरेका उनी अहिले पश्चिम जापानको फ़ुकुओका सिटीमा सफल व्यवसायीको रुपमा स्थापित छन् । व्यवसायमा कसरी सफलता प्राप्त गर्ने र कसरी लक्ष्य हासिल गर्ने जानिसकेपछि ‘दामभन्दा सामाजिक काम ठूलो’ भन्ने नाराका साथ गैरै पछिल्लो समय गैरआवासीय नेपाली संस्थाहरुमा आवद्ध छन् ।
गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय सहसचिवबाट यात्रा सुरु गरेका गैरे गैर आवासीय नेपाली संघ जापानको उपाध्यक्ष हुँदै जापानको तर्फबाट एनआरएनए आईसीसी सदस्यसम्मको जिम्मेवारी पुगेका गैरे समाजसेवामा अग्रपंक्तिमा रहेका छन् ।
एनआरएनएको सुरुवातदेखि यस अभियानमा सक्रियरुपमा अग्रसर रहेका उनी नेपाल र जापानमा रहेका अन्य विभिन्न संघसंस्थामा आवद्ध रहेर काम गर्दै आएका छन् । उनी विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लबमा समेत आबद्ध भई नेपाल र नेपालीको लागि विभिन्न तह र तप्कामा सहयोग गर्दै आइरहेका छन् । नेपालमा पर्यटन , स्वास्थ्य , शिक्षा, बैंकिंड़ग, हाइड्रो, इन्फाइस्ट्रक्चर, प्रोपर्टी डिलर, रेमिटान्स, कृषि लगायत सबै क्षेत्रमा लगानी गरी अरु सबै साथीहरुलाई पनि आफुले विदेशमा सिकेको सिप र कमाई नेपालमा लगानी गर्न अभियानात्मक ढंगले काम गर्दै आइरहेको बताउँछन् उनी ।
नेपाली समुदायका सदस्यहरु असामयिक निधन भएको बखत होस् या अलपत्रको स्थितिमा रहने शव व्यवस्थापन, अन्य कानुनी समस्याहरु तथा नेपाली समुदायमा आईपरेका र पर्ने हरेक प्रकारका समस्याहरु समाधान गर्न आफू सक्रिय भएर लाग्दै आएको गैरे स्मरण गर्दछन् ।
निर्वाचनका लागि गैरेले आफ्नो चुनावी एजेन्डाहरु अगाडि सारेका छन् । उनले हाल नेपालमा गरिरहेको लगानीलाई निरन्तरता दिनुका साथै अझ बढाउन प्रयास गर्ने, जापानबाट प्राप्त ज्ञान, सिप, क्षमता र पुँजीलाई नेपाल लैजान पहल गर्ने, जापानीज पर्यटक नेपाल लैजान योजना बनाउँदै कार्यान्वयन गर्ने लगायतका चुनावी एजेण्डाहरु अगाडि सारेका हुन् ।
गैर आवासीय नेपाली संघ उपाध्यक्षका उम्मेदवार गैरेले आफ्नो उम्मेदवारी चुनाव जितेर पद ओगट्नका लागि मात्र नभई नेपाल र नेपालीका लागि रचनात्मक कार्य गर्नका लागि भएको जिकिर गरे ।सम्पूर्ण एनआरएनए नेपाली प्रतिनिधिहरुलाई उनले आफ्नो पक्षमा मतदान गर्न अपिल गर्दै प्रवासी नेपालीलाई नेपालसँग जोड्दै मातृभूमिको लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
पछिल्लोचरण संस्था भित्र देखिएका बिबादले संस्थालाई दुई भागमा बिभाजन गरेकोमा दुःख व्यक्त गर्दै यो सबै संस्थाभित्र बसेर सामाजिक कार्य भन्दा पनि राजनीतिक स्वार्थ अनुरूप एनआरएनलाई राजनीतिक दलको चरणमा लैजानु, शैक्षिक बिध्वताको र आर्थिक अहमताले संस्थाको अस्तित्व धरापमा परेको बताउनु हुन्छ । एनआरएनएको १० औ महाधिबेशन घोषणा देखी नै दुई चिरामा बिभाजन भएका अभियन्ताहरु एकले अर्कोलाई नस्वीकार्ने प्रवृत्तिले संस्थाको अस्तित्व नै धरापमा परेको बताउनु हुन्छ ।
संस्थाभित्र बसेर राजनीतिक दलको स्वार्थको आधारमा नेतृत्व चयन गर्न खोज्नु अर्को गम्भीर गल्ती रहेको बताउनु हुन्छ । यस्ता प्रवृतिले संस्था दुई ध्रुवमा बिभाजन भएको बताउनु हुन्छ । आइसीसी निर्वाचन समितिले निर्वाचन मिति घोषणा गरी उम्मेद्वारि दर्ता प्रक्रिया सकीसकेकोले अब भने महाधिबेशन हुनेमा दुईमत नरहेको बताउदई आफ़्नो उम्मेद्वारि फिर्ता नहुने र उपाध्यक्ष पदमा उम्मेद्वारि रहेकोले आफ़्नो अमूल्य मत दिई जिताउन एनआरएनए प्रतिनिधिहरुलाई बिशेष अपिल समेत गरेका छन ।