अमेरिका, चैत १ ।
चीनको बुहानबाट बिश्वभरि फैलिएको नोभल कोरोनाभाइरसको संक्रमण बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेको छ । शुक्रवार ह्वाइटहाउसबाट अमेरिकी राष्ट्रपति ट्रम्पले त्यस्तो घोषणा गरेका हुन् । घोषणापछि कोरोना संकटलाई उन्मुलन गर्न राज्य र स्थानीय सरकारहरुले थप वजेट प्राप्त गर्नेछन ।
अमेरिकामा कुनैपनि आपतकालिन अवस्थामा संकटकाल घोषणा गर्ने कार्यकारी अधिकार राष्ट्रपति सँग हुन्छ । अमेरिकी राष्ट्रिय संकाललिन ऐन अनुसार संकटकालिन अवस्थामा राजनीतिक प्रकृया छलेर बजेट विनियोजन गर्न पाउने विशेष अधिकार प्रदान गरिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, अमेरिकामा १ हजार २६४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने ३६ जनाको मृत्यु भएको छ । राष्ट्रिय संकटकाल घोषणासॅगै यस महामारीले सर्वसाधणहरुमा त्रास अझै बढाएको छ । कोरोनावाट विश्वभर १ लाख ४५ हजार २ सय ४२ जना प्रभावित भएका छन् । त्यसमध्ये हालसम्म ५ हजार ४ सय १६ को उक्त भाइरसवाट मृत्यू भइसकेको छ । विश्वभर नै ७० हजार ७ सय २१ कोरोना संक्रमितको सफल उपचार समेत भइसकेको छ ।
कोरोनाको सन्त्रास फैलिएको विभित्र राज्यहरुमा खाद्यन्न, पेय पदार्थ र सेनिटाइजरहरुको खरिद गर्ने लर्को झनै बढेसॅगै बजारमा त्यस्ता वस्तुहरुको विस्तारै अभाव वढ्दै गएको छ । अमेरिकामा संकटकाल पश्चात अमेरिकी अर्थतन्त्र झनै ओरालो लागेको छ भने यसले सबैभन्दा बढि हवाइ यातयातलाई प्रभावित वनाएको छ । तर जनस्वास्थ विज्ञहरुले यो महामारी ग्रिमकालिन रितु अघि नै अन्त हुने आकलन गरेका छ । अमेरिकामा हालसम्म कुनै नेपालीमा कोरोना भाईरसको सङ्क्रमण देखा परेको छैन ।