जापान, फुकुओका फागुन २९ ।
पछील्लो समय जापानमा नेपाली कलाकारहरुको उपस्थितिमा बिभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना उल्लेख्यमात्रामा शुरू भएको छ । यासैक्रममा नेपालका चर्चित कलाकार प्रकाश दुतराजको साथैस्थानीय कलाकारहरुको उपस्थितिमा भव्य सांस्कृतिक कार्यक्रम हुने भएको छ । नेपालको हिमाली जिल्ला म्याग्दीको बेनीमा जन्म भै छोटो समयमा चर्चाको शिखर चुम्न सफल गायक प्रकाश दुतराज पहिलो पटक जापानमा सांगीतिक कार्यक्रम गर्न आउन लागेका हुन । दुतराजका गितहरुमा नेपालका उच्च हिमाली भेगका चिसो र प्राकृतिक यथार्थको आनन्द पाउन सकिन्छ ।
प्रकाश गायनमा मात्र नभै गित लेखन, अभिनय र सगितमा पनि उत्तीनै पोख्त छन । यसो भन्दै गर्दा उनलाई बहु प्रतिभाको धनि कलाकार पनि भन्न सकिन्छ । पछिल्लो समय सामाजीक संजाल र स्टेज कार्यक्रममा उनको नाम अग्र पंतिमा आउने गरेको छ । उनी नामका मात्र प्रकाश नभै नेपाली लोक संगीत क्षेत्रकै प्रकाशको रुपमा स्थापीत कलाकार हुन भन्दा फरक नपर्ला । आरने, घर कता हो बैनिको, जस्ता उनका सिर्जनाहरु अहिले दर्शकको मन मस्तीष्कमा बस्न सफल भएका छन ।
नेपालमा पनि विभीन्न मेला महोत्सवमा माग भैरहदा पनि उनी आफनो प्रस्तुति दिन मार्च महिनामा जापान आउने कुराले जापानमा रहेका उनका सुभचिन्तकमा हर्ष उल्लास छाएको छ ।
साथै फुकुओकामा विभीन्न स्थानीय कलाकारको पनि वेजोड प्रस्तुती रहने आयोजक नागलोघर फुकुओकाका संचालक रमेश कुवरले भिजन अनलाइन न्यूजलाई जानकारी गराउनु भयो । त्यसै क्रममा मार्च १८ मा फुकुओकाको योसीजुका नजीकै भव्यताका साथ कार्यक्रम सम्पन्न गर्न फुकुओकाका लागी आयोजक नाङलो घर फुकुओकाले जनाएको छ ।