चर्चित गायक कटुवाललाई थुनामा राखी अनुसंधान गर्न जिल्ला अदालतको आदेश

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  812 पटक हेरिएको

vision-online-advertise

काठमाडौं , फागुन ३० । 

लोकदोहोरी गायक प्रकाश कटुवाललाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । शुक्रबार जिल्ला अदालत तनहुँले तनहुँ डुम्रेका व्यवसायीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका गायक कटुवाललाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

तनहुँ डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा कटुवाल फागुन ५ गते पक्राउ परेका थिए । गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको थियो ।

गुरुङमाथि केही अपपरिचित युवकहरुको समूहले आक्रमण गरेका थिए । सो आक्रमण गायक कट्वालको योजनामा भएको आरोप सोनिकाले लगाएक्री छिन् ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार