राष्ट्रपति पौडेलद्वारा पद तथा गोपनियताको सफत ग्रहण सम्पन्न, आजै शीतलनिवास सर्ने तयारी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  52 पटक हेरिएको

काठमाडौं, फागुन २९ ।   

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । दिउँसो १ बजे शीतलनिवासमा आयोजना भएको विशेष समारोहमा पौडेलले शपथ ग्रहण गर्न लिएका हुन् ।

प्रधानन्यायाधीश नभएकाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराएका थिए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका हुन् । चुनावमा पौडेलले ३३ हजार ८०२ र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नपाउने संविधानमा उल्लेख छ । सफतग्रहणका समयमा केही अस्वाभाविक दृश्य पनी देखिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले कामू प्रधानन्यायाधीशले सफतग्रहणका वाक्यांश बोल्नूभन्दा अगाबै पढ़न थालिएको थियो जसलाई निवर्तमान राष्ट्रपति भण्डारीले रोकेको देखीन्छ ।  नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आजै राष्ट्रपति भवन शीतलनिवास सर्ने तयारी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार यो पनी पढनुहोस । 

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार