डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव श्रेष्ठ दुई लाख घुससहित पक्राउ

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  881 पटक हेरिएको

vision-online-advertise

दोलखा, फागुन ३० ।

डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव सन्तमाया श्रेष्ठ दुई लाख घुससहित पक्राउ परेकी छन्। उनलाई हिजो बिशेष सुराकीको आधारमा अख्तियारका समूहले पक्राउ गरीएको हो ।

दोलखाबाट काठमाडौँ जाँदै गरेको बा १ झ ७६८५ नम्बरको सरकारी गाडीबाट अख्तियारको टोलीले डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव श्रेष्ठलाई दुई २ लाखसहित भक्तपुर गठ्ठाघरबाट बिहीबार साँझ पक्राउ गरेको हो।

अख्तियारको टोलीले दुई लाख ३ हजार नगदसहित श्रेष्ठसँगै तीन जनालाई नियन्त्रणमा लिएको छ । आयोग स्रोतका अनुशार उनीसँगै पक्राउ पर्नेमा कार्यालय सहयोगी र चालक पनि रहेको बताएका छन् ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार