एनआरएनए निर्वाचनः- कुन पदमा क-कसले दिए उम्मेद्वारी, अधिकांश पद निर्विरोध

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  748 पटक हेरिएको

काठमाडौ, फागुन २७ । 

गैरआवासीय नेपाली संघ (एनआरएनए, आइसीसी) को निर्वाचन प्रक्रिया अगाडी बढ़ेको छ । लामो खिचातानीबाट ग्रसित एनआरएनए, आइसीसीको निर्वाचन प्रक्रिया अगाडी बढेको हो । शुरूवाती चरणदेशी पन्त र आचार्य टिम बिच वैचारिक संघर्ष चल्दई आइरहेको थियो । बिबाद समाधानका लागी बिभिन्न समय बिबाद समाधान समिति गठन गरे पनी कुनै समाधान ननिस्केपछी अध्यक्ष कुमार पन्तले एकपक्षीय रूपमा निर्वाचन मिति तय गरी उम्मेद्वारि दर्ता प्रक्रिया अगाडी बढ़ाएको थियो भने आचार्य पक्ष निर्वाचनमा भाग नलिने बरु समानान्तर कमिटीको बाटो रोज्ने निष्कर्षमा पुगेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनका लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदमा निर्वाचन हुने भएको छ भने केही पदमा एकल उम्मेदवारी परेकाले निर्बिरोध हुने भएका छन् । एनआरएनए निर्वाचन समितिको स्रोतका अनुसार हालसम्म अध्यक्षमा डा बद्री केसी (रुस) र रवीना थापा अमेरिका)को उम्मेदवारी परेको छ भने कुल आचार्यले उम्मेदवारी दर्ता गराएनन् ।

त्यस्तै उपाध्यक्षमा डा. हेमराज शर्मा (युके), धर्मराज अधिकारी (अष्ट्रेलिया), डिबी क्षेत्री (ओमान) राजेन्द्र कुमार शर्मा (कतार), टंक गैरे (जापान), जयप्रकाश गुरुङ (युके) छन् । विधानमा चार जना उपाध्यक्ष खुललतर्फ हुनुपर्नेमा छ जनाको उम्मेदवारी परेकाले निर्वाचन हुने भएको छ ।

युवा उपाध्यक्षमा एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाको मात्रै उम्मेदवारी परेको छ भने महिला उपाध्यक्षमा सउदी अरेबियाकी यासमिन बेगम सैयदको मात्रै उम्मेदवारी परेकाले थापा र सैयद निर्बिरोध हुने भएका छन् ।

महासचिवमा वर्तमान सचिव गौरीराज जोशी (अमेरिका) र युकेका विनय अधिकारीको उम्मेदवारी परेकाले निर्वाचन हुने भएको छ । सचिवमा युकेका रामशरण सिम्खडा, जापानका अजिब गुरुङ (ओम), क्यानडाका चिरन्जीवी घिमिरे, अमेरिकाका शंकर खड्का, क्यानडाका अभिमानसिंह बस्नेतको उम्मेदवारी परेकाले निर्वाचन हुनेछ । महिला सचिवमा हङकङकी राधिका गुरुङ (टिका) को मात्रै उम्मेदवारी परेकाले निर्बिरोध हुने भएकी छन् ।

त्यस्तै, कोषाध्यक्षमा बेल्जियमका लोकप्रसाद दाहाल र नेदरल्याण्ड्सका फणिन्द्र पन्तको उम्मेदवारी परेकाले दुई जनाबिच प्रतिस्पर्धा हुनेछ । सहकोषाध्यक्षमा दक्षिण कोरियाका यज्ञराज सुवेदीको एकल् उम्मेदवारी परेकाले उनीपनि निर्बिरोध हुने छन् ।        महिला सहकोषाध्यक्षमा अमेरिकाकी यमुना भट्टराईको पनि एक मात्र उम्मेदवारी परेकाले निर्बिरोध चयन हुने भएकि हुन् ।

महिला संयोजकमा युकेकी संगीता मरहट्ठापनि निर्बिरोध हुने भएकी छन् । यो पदमा मरहट्टाको मात्रै उम्मेदवारी परेको हो । युवा संयोजकमा डेनमार्कका रवीन्द्र खड्काको मात्रै उम्मेदवारी परेकाले निर्बिरोध हुने भएका छन् । एनआरएनएलाई अन्तिम अवस्थासम्म एकजुट बनाउन मध्यमार्गी भूमिका खेल्दै आएका एनआरएनए कोषाध्यक्ष महेश श्रेष्ठले भने उम्मेदवारी दर्ता गराएनन् । उनको नाम उपाध्यक्षमा चर्चा थियो ।

यस्ता छन् एनआरएनए उम्मेदवारहरु

अध्यक्ष – डा.बद्री केसी र रविना थापा

उपाध्यक्ष – डा. हेमराज शर्मा,  डीबी क्षेत्री, धर्मराज अधिकारी, आरके शर्मा, टंक गैरे

महिला उपाध्यक्ष- यास्मिन बेगम सैयाद

युवा उपाध्यक्ष – रोशन थापा

महासचिव – गौरीराज जोशी र विनय अधिकारी

सचिव – रामशरण सिम्खडा, अजिब गुरुङ (ओम), चिरञ्जीवी घिमिरे, अभिमानसिंह बस्नेत, शंकर खड्का

महिला सचिव – राधिका गुरुङ (टिका)

कोषाध्यक्ष – लोक प्रसाद  दाहाल र फणिन्द्र पन्त

सहकोषाध्यक्ष – यज्ञ  सुवेदी

सहकोषाध्यक्ष – यमुना भट्टराई

युवा संयोजक – रवीन्द्र खड्का

महिला संयोजक – संगीता मरहट्टा

अमेरिका क्षेत्रीय संयोजक – प्रकाश सापकोटा

उपक्षेत्रीय संयोजक – अभिमन्यु बस्नेत

उपक्षेत्रीय संयोजक – पुरुषोत्तम बोहरा

महिला संयोजक – तृष्णा शर्मा

उपमहिला संयोजक – इन्दिरा त्रिपाठी

युवा संयोजक – स्वरस खाती

उपयुवा संयोजक – ईश्वर खत्री

अफ्रिका क्षेत्रीय संयोजक – राजकुमार थापा

उपक्षेत्रीय संयोजक – आरपी पन्त

उपक्षेत्रीय संयोजक –

महिला संयोजक – केशना लिम्बु

उपमहिला संयोजक –

युवा संयोजक –

उपयुवा संयोजक –

एसिया प्यासिफिक क्षेत्रीय संयोजक – पारस पोखरेल

उपक्षेत्रीय संयोजक – नवीन बिके

उपक्षेत्रीय संयोजक – डडैवाल खड्का

उपक्षेत्रीय संयोजक – हरि भट्टराई

महिला संयोजक – शान्ति अधिकारी

उपमहिला संयोजक – इन्दिरा तिवारी

युवा संयोजक – दीपक कँडेल

उपयुवा संयोजक

युरोप क्षेत्रीय संयोजक – सन्तोष भट्टराई

उपक्षेत्रीय संयोजक- चित्रा सुवेदी

उपक्षेत्रीय संयोजक – नवराज रोजियारा

उपक्षेत्रीय संयोजक – सागर सुवेदी

उपक्षेत्रीय संयोजक – ललित न्यौपाने

महिला संयोजक – पार्वती मल्ल

उपमहिला संयोजक – सुनिता सापकोटा

युवा संयोजक – किरण गुरुङ

उपयुवा संयोजक – रोबोट लिम्बु

मध्यपूर्व क्षेत्रीय संयोजक – जोन अर्याल

उपक्षेत्रीय संयोजक – अमित चाम्लिङ

उपक्षेत्रीय संयोजक – लालबहादुर पुन

महिला संयोजक –

उपमहिला संयोजक –

युवा संयोजक –

उपयुवा संयोजक –

ओशिनिया क्षेत्रीय संयोजक – लाल केसी

क्षेत्रीय संयोजक – दिनेश जोशी

क्षेत्रीय संयोजक – दिपक शर्मा

उपक्षेत्रीय संयोजक – ओली

उपक्षेत्रीय संयोजक – अशोक केसी

महिला संयोजक – उषाकिरण बानियाँ

उपमहिला संयोजक

युवा संयोजक – प्रदीप रुपाखेती

उपयुवा संयोजक –

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार