एनआरएनए विवाद : आचार्य समूहले बनायो छुट्टै निर्वाचन तयारी समिति, पन्तले आह्वान गरेको निर्वाचनमा भाग नलिने आचार्यको भनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  764 पटक हेरिएको

काठमाडौं, फागुन २७ ।   

गैर आवासीय नेपाली संघ (एनआरएनए) विभाजित अबस्थामा पुगेको छ । कुमार पन्त नेतृत्वको कार्यसमिति र अध्यक्षका प्रत्यासी कुल आचार्य पक्ष बिच बिगतका दिनदेखि सामाजिक संजाल मार्फत समानान्तर गतिविधि अघि बढाएकाले एनआरएनए एकढिक्का रहने सम्भावना सकिएको छ ।

पन्त नेतृत्वले गरेका निर्णय माथि प्रश्न उठाउँदै आचार्य पक्षधरले १० औं विश्व सम्मेलनमा भाग नलिने भएको छ । आचार्य पक्षमा रहेका शेष घलेले छुट्टै निर्वाचन समिति पुनर्गठन गरेका छन् ।मार्च २४ र २५ मा गर्ने गरी पन्त पक्षधरले तोकेको समयकै आसपासमा आचार्य पक्षले विश्व सम्मेलनको मिति तोक्ने तयारी गरेको छ ।

घले नेतृत्वमा रहेको संरक्षक परिषद भंग गर्ने तथा बहुसंख्यक डेलिगेट्स रहेका देशहरुको कार्यसमिति विघटन भएपछि दुई पक्षको दुरी थप बढेको छ । अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा र जापानका निर्वाचित कार्यसमितिलाई भंग गरी नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरिएको थियो । पन्त पक्ष यी देशहरूमा भएको धादलिलाई यथावत राखेर निर्वाचन जानु पर्ने बताउछन भने आचार्य घले पक्ष बिबाद भएका देशहरुलाई विघटन गरी पुन निर्वाचन गरी नया कार्यसमिति चयन गरी अन्तराष्ट्रिय परिषदको निर्वाचन गर्नुपर्ने पक्षमा वकालत गर्दै आइरहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार