झगडा मिलाउन खोज्दा ठमेलमा पर्यटकमाथि खुकुरी प्रहार

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1016 पटक हेरिएको

काठमाडौं, फागुन २७।

ठमेलमा पर्यटकमाथि खुकुरी प्रहार भएको छ । केटाहरुबीच भइरहेको झगडालाई मिलाउन खोज्दा स्पेनिस नागरिक जाउलगायत तीन जनामाथि खुकुरी प्रहार भएको हो ।

शनिबार राति खाना खाने समयमा घटना भएको थियो । युवतीलाई जिस्काएको विषयमा केटाहरुबीच भएको झगडालाई मिलाउन खोज्दै गर्दा आफूलगायत अन्य दुई जनामाथि एकै व्यक्तिले खुकुरी प्रहार गरेको जाउले बताए । घटनापश्चात प्रहरी कार्यालय सोह्रखुट्टेमा उनले उजुरी दर्ता गराएका छन् ।

विगत १८ महिनादेखि जाउ नेपालको ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार