निम अवार्डको टप फाइभमा चर्चित मोडेल दृश्य सुवेदी पर्न सफल, भोट गर्न अपिल

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  598 पटक हेरिएको

काठमाडौं, फ़ागुन २६ । 

चर्चित मोडल दृश्य सुवेदी राष्ट्रिय समावेशी म्युजिक अर्वाड २०२१ को उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । मोडल सुवेदीद्वारा अभिनित ढुंगामुढा गीतमार्फत मोडल तर्फ टप फाइभमा पुग्न सफल भएका हुन् ।

अबको यात्राको तय गर्न भने दर्शकको भोटको जरुरत पर्ने छ ।
दशर्कले सुवेदीलाई भोट गर्न www.googleonlinepay.com मा गएर आफ्नो मत दिन सक्नुहुनेछ ।

नेपाली मोडलिङ क्षेत्रमा जम्दै गएका सुवेदीले अलग्गै पहिचान बनाएका छन् । पानीको फोका गीतको म्युजिक भिडियोमा सुवेदीको अभिनय दर्शकहरूले सर्वाधिक रूचाएका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार