यूएईमा २ नेपाली सहित थप १४ जनामा कोरोना भाईरस देखियो, संक्रमित संख्या ५९ पुग्यो

यूएईमा २ नेपाली संक्रमित

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  852 पटक हेरिएको

यूएई, फागुन २६ ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । दुई जना नेपालीसहित १४ जना नयाँ सङ्क्रमित थपिएको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुई जना नेपालीसहित यूएईका चार जना, इटलीका तीन जना, बङ्गलादेशका दुई जना, रुसका एक जना, भारतका एक जना र सिरियाका एक जनामा कोरोनाको सङ्क्रमण देखिएको यूएई स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


१४ जना नयाँ सङ्क्रमित थपिएसँगै यूएईमा कोरोना सङ्क्रमितको सङ्ख्या ५९ पुगेको स्वास्थ्य विभागले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ।यूएईमा हालसम्म कुनै पनि देशका नागरिकको उक्त भाईरसका कारण निधन भने भएको छैन ।

यसअघि सङ्क्रमित भएका र क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरु नयाँ सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । 

चीनमा महामारीको रुप लिएपछि यूएईका अधिकारीहरुले देशमा भाइरसको प्रसारको निगरानी र उच्चतम चिकित्सा मानकअनुसार यसलाई नियन्त्रण गर्न कुनै प्रयास नगरेको मन्त्रालयले पुष्टि गरेको छ ।

यूएई स्थित स्वास्थ्य बिभागको प्रेस बिज्ञप्ति 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार