काठमाण्डाै, फागुन २६ ।
आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
तर कोरोनाको जोखिम बढेकाले यसपालि अघिल्ला वर्षहरु जस्तो होलीको रौनक देखिएन । ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको सरकारले सामुहिक रुपमा होली नखेल्न, भिडभाड गर्ने तथा लोला पानी हाल्ने काम नगर्न सबैसँग अनुरोध गरेको छ ।
गृह मन्त्रालयले सूचना निकालेर लोलापानी फ्याँक्ने, रङ्ग तथा अबिर दल्ने काम जोखिमपूर्ण हुने हुँदा यस्ता गतिविधि नगर्न अनुरोध गरेको छ । विगतका वर्षमा होलीको दिन असाध्यै भिडभाड र चहलपहल हुने वसन्तपुर, इन्द्रचोक, असन, पाटन दरबार, मंगलबजार र भक्तपुर दरबारलगायतका क्षेत्रमा यसपटक भिड कम छ ।
केही ठाउँमा बालबालिकाले फाट्टफुट्ट रुपमा अबिर र पिचकारी खेलेको देखिए पनि अभिभावकहरुले घरमै बसेर रङ्ग, अबिर साटेर होली पर्व मनाईएको छ । बिगतका दिनमा होलीको उपमा दिदै बिभिन्न आपराधिक गतिबिधि हुने होलीमा कोरोना भाईरसको जोखिम र संत्रासले ति गतिबिधि यस बर्ष भने भएन । बिगतका दिनमा होलि खेल्ने क्रममा मानिसहरुको निधन समेत भएका घटनाहरु सार्वजनिक हुन्थ्यो तर कोरोना भाईरसका कारण मानिसहरू स्वतस्फूर्त सडकमा आँएर होली मनाउने र होहल्ला तथा भिडभाड यो बर्ष देखीएन तसर्थ मानिसहरूमा कुनै अप्रिय घटना पनि नघटेको पाईयो । तराई क्षेत्रमा भने भोली फागु होली मनाईने चलन छ ।
फोटोमा हेरौ रंगहरुको पर्व होली