
बेइजिङ चीन, फागुन २५ ।

नोबेल कोरोना भाईरसबाट ग्रसित चीनमा फेरि अर्को दुःखद घटना घटेकोम छ । ३० हजारको हाराहारीमा आफ्ना नागरिक गुमाएका चीनमा कोरोना भाईरस ग्रसित नागरिकहरुलाई क्वारेन्टाईनमा राख्न बनाइएको होटल एकाएक भत्कदा कयौँ मात्रामा मानिसहरु पुरिएको छ । चीनको पूर्वी प्रान्त फुजिआनस्थित एउटा होटल भत्किँदा ७० जना जति मानिस पुरिएका छन् ।
सरकारी अधिकारीहरुका अनुसार शनिबार साँझ छिन्जिआ होटल अचानक भत्किएको हो । स्थानीय समय अनुसार साढे ७ बजे यस्तो घटना भएको हो । जहाँ २३ जना मानिसको उद्धार भएको थियो ।
८० वटा कोठा भएको उक्त होटल हालै कोरोना भाइरसका संक्रमितहरुका लागि क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको थियो । पिपल्स डेलीका अनुसार उद्धार कार्य अहिले पनि जारी छ ।
