ललितपुर कोञ्ज्योसोम गाउँपालिकामा दुई दिनको शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  288 पटक हेरिएको

ललितपुर, फागुन २३।  

ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको ललितपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ललितपुर प्रहरीका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको हो । उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । उपचारको क्रममा दुई दिनको अर्का एक नाबालकको पनि मृत्यु भएको छ । गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा डिएसपीको कमाण्डका एक टोली पुगेको छ । ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेल र फरेन्सिक डाक्टरसहितको टोली पनि घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार