युक्रेन राष्ट्रपति जेलेन्सकीको ज्यान खतरामा, उद्धारका लागि अमेरीका र बेलायतका संँयौ कमाण्डो स्टयाण्डबाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  930 पटक हेरिएको

एजेन्सी फागुन २३ ।  

रुससँग लगातारको युद्धका क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीको सुरक्षामा खतरा रहेको महसुस गर्दै उनलाई आपतकालीन उद्धारका लागि अमेरीका र बेलायती सेनाको कमाण्डौ तैनाथ गरिएको छ । यस अघि नै अमेरिकाले युक्रेनका राष्ट्रपतिलाई देश छाडेर अमेरिका आउन अनुरोध समेत गरेको थियो । तर जेलेन्सकीले त्यसलाई ठाडै अूवीकार गरेका थिए ।

द सनको रिपोर्ट अनुसार अमेरीकी कमाण्डो नेभी सिलको १५० कमाण्डो र बेलायी रोयल एयरफोर्सका ७० कमाण्डोलाई कुनै पनि बेला जेलेन्सकीको उद्धार गर्नुपर्ने जनाउदै स्ट्याण्डबाई राखिएको जनाएको छ । ती कमाण्डो अहिले लिथुआनीयामा रहेको र हाल जेलेन्सकीको उद्धारका लागि योजना बुनिरहेको रिपोर्टमा उल्लेख छ ।

जेलेन्सकी यस अघि नै किभ छाडेर भागेको र उनी पोल्याण्डको दुतावासमा लुकेर बसेको युक्रेनका बिपक्षी नेताले आरोप लगाएका थिए । तर यो समाचारको स्वतन्त्र पुष्टी भएको छैन । राष्ट्रपनि जेलेन्सकीले त्यो समाचार झुटा रहेको र आफु युक्रेनमा नै रहेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए ।

जेलेन्सकीले अमेरीकी संसदहरुसँगको जुम संवादमा आफूलाई जीवित देखेको यो अन्तिम पटक हुन सक्छ भन्दै फाइटर जेट र हतियार दिन माग गरेका थिए । उनले अमेरीका र नेटोलाई युक्रेनमा नो फ्लाई जोन लागू गर्न माग गर्दै आएपनि नेटो र अमेरीकाले सो कुरा अस्वीकार गर्दै आएका छन् । अमेरीकी गुप्तचर एजेन्सी सिआईएले रुसी सेनाले जेलेन्सकीलाई पक्राउ गर्ने वा हत्या गर्ने संभावना रहेको भन्दै उनको उद्धार गर्ने बचन दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार