काठमाण्डौँ, फागुन २४ ।
चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण हाल बिश्व त्रसित रहेको छ । उक्त भाईरसका कारण दिनप्रति दिन मर्नेको संख्यामा उल्लेख्य बृद्धि भएको पाईन्छ । बिश्वलाई त्रसित बनाईरहेको नोबेल कोरोना भाईरसले पछिल्लो समय चीन बाहेक अन्य मुलुक दक्षिण कोरिया, ईटली, ईरान, अमेरिका लगायत मुलुकका नागरिकहरुमा संक्रमण तिब्र फैलिएको छ । यस्तै हिजोको २४ घण्टामा चीनमा मर्नेको संख्या अत्यन्त न्युन रहेको छ तर अन्य मुलुकमा भने यसले महामारीको रुप लिन थालेको छ । ईटलीमा बिहिबार ४१ जना कोरोना पीडितको ज्यान गएको थियो भने हिजो शुक्रबार थप ४९ जना कोरोना पीडितको ज्यान गएको छ ।
हालसम्म इटलीमा नोबेल कोरोना भाईरसका कारण ज्यान गुमाउने संख्या १९७ पुगिसकेको छ । इटली सरकारले कयौँ सिटीहरु कोरोना त्रासका कारण ब्लक गरिसकेको छ । शैक्षिक संस्थाहरु पनि बन्द गरिसकेको छ । पछिल्लो २४ घण्टामा ईटलीमा ७ सय ७८ जना नयाँ कोरोना भाईरस संक्रमितको संख्या थपिएको छ । यो सँगै ईटलीमा संक्रमितको संख्या ४ हजार ६ सय ३६ पुगेको छ ।
पछिल्लो समय चीनमा कोरोना भाईरस संक्रमितको संख्यामा कमि आईरहेको छ भने अन्य देशहरुमा यो संक्रमण ब्याप्त रुपमा फैलिएको छ ।