बिश्वलाई कोरोना भाईरससँग लड्न सामान्य तयारीले नपुग्ने चिनिया डाक्टरको चेतावनी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  971 पटक हेरिएको

काठमाण्डौँ, फागुन २२ ।

चिनिया डाक्टरहरुले बिश्वलाई कोरोना भाईरससँग बच्न र आफ्ना नागरिकलाई बचाउन तयार रहन चेतावनी दिएका छन । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण चीनमा मात्र ३०१२ जनाको ज्यान गएपछि बिश्वलाई उक्त रोगबाट बच्न सतर्क रहन चेतावनी दिएको हो । चीनमा पछिल्लो समय ब्यापक रुपमा फैलिएको नोबेल कोरोना भाईरस र यसका निराकरणको लागि चीन सरकार, बैज्ञानिक तथा डाक्टरहरुको प्रयासबाट बिश्वले केही सिक्ने र हामीले अबलम्बन गरेको प्रयासहरु बिश्वले फाईदा लिन सक्ने वुहान स्थित अस्पतालका डाक्टरले प्रेसमिटमा बोलेको चिनिया सञ्चार माध्यम साउथ चाईना मर्निङ्ग पोष्टले जनाएको छ । पछिल्लो समय बिश्वका अन्य देशमा समेत ब्यापक रुपमा सक्रमण फैलिएपछि वुहानका डाक्टरले यस्तो चेतावनी दिएको हो ।

चिनिया संचार माध्यमका अनुसार हालसम्म चीनमा मात्र ८० हजार ४ सय ९ जनामा कोरोना भाईरसको सक्रमण पुष्टि भएको जनाएको छ । हालसम्म कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या चीनमा ३ हजार १२ जना रहेको र उपचार पछि ५३ हजार १४ जना पुर्ण स्वस्थ भई घर फर्केको जनाएको छ । हालसम्म चीनमा कोरोना भाईरसको बिरामीको उपचारमा खटिएका १३ जना डाक्टर र नर्सहरुको निधन भैसकेको साउथ चाईना मर्निङ्ग पोष्टले लेखेको छ । यस्तै हजारौ स्वास्थ्यकर्मीहरु कोरोना भाईरसबाट संक्रमित रहेका छन ।

पछिल्लो समय चीनमा कोरोना भाईरस संक्रमितको संख्यामा कमि आईरहेको छ भने अन्य देशहरुमा यो संक्रमण ब्याप्त रुपमा फैलिएको छ । पछिल्लो समय दक्षिण कोरिया, ईटली र इरानमा कोरोना भाईरसको प्रकोप बढी फैलिएको छ । दक्षिण कोरियामा हालसम्म उक्त संक्रमणबाट ३५ जनाले ज्यान गुमाईसकेको छ । यस्तै इटलीमा कोरोना भाईरसबाट मर्नेको संख्या १०७ र संक्रमितको संख्या ३ अजार ८९ जना पुगिसकेको छ । इरानमा पनि हालसम्म ९२ जनाको निधन र सक्रमितको संख्या २ हजार ९ सय २२ पुगेको जनाएको छ ।

A medical worker checks a coronavirus patient’s pulse at the Affiliated Hospital of Jiangxi Traditional Chinese Medicine University in east China's Jiangxi province. Photo: Xinhua

बिश्वमा कारोना भाईरसको पछिल्लो तथ्याङ्क हेर्ने हो भने यो अझ भयाबह रुपमा फैलने देखिन्छ । नेपालमा हालसम्म १ जनामा कोरोना भाईरस रहेको जनाएपनि पछिल्लो अपडेट भने सरकारले आधिकारिक रुपमा सार्वजनिक गरेको छैन । नेपालमा पनि दिन प्रति दिन कोरोना भाईरसको आशंकामा अस्पताल भर्ना भईरहे पनि डाक्टरहरुले सामान्य रुघाखोकी मात्र भनिरहेको अबस्थामा कहि यस भाईरसले नेपालमा संक्रमण तीब्र फैलिने त होईन सबैमा आशंका छ । नेपालका अस्पतालहरुमा कोरोना भाईरस निराकण गर्ने क्षमताको स्वास्थ्य सामाग्रीहरु पनि नभएको र यसको परिक्षण समेत नेपालमा नहुने भएकोले यसले महामारीको रुप लिने निश्चित छ ।

बेलैमा सरकार, डाक्टर तथा नर्स र नेपाली जनता स्वयम सतर्क नरहने हो भने भोलिका दिनमा यसले महामारीको रुप लिन्न भन्न सकिदैन । पछिल्लो समय नेपालमा पनि कोरोना भाईरस प्रवेश गरिसकेको र यो निश्चित नभएको बिज्ञहरुले दाबी गरिरहेको अवस्था सरकारले यसलाई अझ गम्भिर रुपमा लिएको देखिदैन । बिश्वका बिभिन्न देशहरुले शैक्षिक संस्था, सार्वजनिक तथा पर्यटकिय क्षेत्र, अन्तराष्ट्रिय हवाईसेवा समेत बन्द गरिसकेको अबस्थामा नमेपाल सरकार भने हालसम्म कोरोना भाईरस नरहेको प्रचारबाजीमा बस्नु पछि घातक हुनसक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार